back

समाजवादी फोरमको अध्यक्षमा यादव निर्वाचित

वि.सं.२०७३ पुस १२ मंगलवार

636 

shares
IME Limited
NTC AD

 १२ पुस,विराटनगर । सङ्घीय समाजवादी फोरम नेपाल मोरङको अध्यक्षमा राजकुमार यादव निर्वाचित हुनुभएको छ ।

विराटनगरमा सोमबार साँझ सम्पन्न भएको प्रथम एकता अधिवेशनबाट यादवले ४४० मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी प्रमोद शर्माले ७१ मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक पर्शुराम बस्नेतले जानकारी गराउनुभयो ।
निर्वाचित अध्यक्षले सचिव, सहसचिव र कोषाध्यक्षसमेत गरी ५१ जनालाई मनोनीत गर्ने व्यवस्था छ । पार्टीको विधानअनुसार कार्यसमिति ९१ सदस्यीय हुने सो पार्टीले जनाएको छ ।

मधेसी जनअधिकार फोरम, सङ्घीय समाजवादी पार्टी र खस क्षेत्री एकता समाज पार्टीबीच एकता भएर सङ्घीय समाजवादी फोरम नेपाल पार्टी गठन भएपछि यादव मोरङको कार्यवाहक अध्यक्ष हुनुहुन्थ्यो ।

वि.सं.२०७३ पुस १२ मंगलवार ०४:५३ मा प्रकाशित

एमाले पोलिटव्यूरो बैठक जारी

एमाले पोलिटव्यूरो बैठक जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटव्यूरो बैठकमा सदस्यहरूले आआफ्नो...

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

हेटौँडा सिमेन्ट उद्योगको समस्या समाधानका लागि पहल गर्ने अध्यक्ष दाहालको प्रतिबद्धता

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री...

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

सौर्य एयरलाइन्सको जहाज दुर्घटनाको प्रतिवेदन सार्वजनिक

काठमाडौँ । सौर्य एयरलाइन्सको दुर्घटनाग्रस्त ९ एन–एएमई–सीआरजे २०० कलसाई जहाजको...

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

बाँकेमा सम्बन्ध बिच्छेदका मुद्दा बढ्दै

नेपालगञ्ज । उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा सम्बन्ध बिच्छेदका मुद्दा...

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

कैलाली भन्सारमा आठ अर्ब ६६ करोड ९८ लाख राजस्व सङ्कलन

अत्तरिया (कैलाली) । कैलाली भन्सार कार्यालय धनगढीले रु आठ अर्ब...