back
CTIZAN AD

असन्तुष्ट पक्षको नाराबाजीका बीच सातौ नगरसभा उद्घाटन

वि.सं.२०७७ असार १० बुधवार

783 

shares

१० असार, मुगु । मुगु जिल्लाको एकमात्र नगरपालिकाको नगरसभा असन्तुष्ट सदस्यहरुको नाराबाजीविच आज उद्घाटन गरिएको छ ।

जिल्लाको छायाँनाथ रारा नगरपालिकाको सातौ नगरसभा बुधबार असन्तुष्ट सदस्यहरुको नाराबाजी विच नगरप्रमुख हरिजंग शाहीले दियो बालेर उद्रघाटन गरेका हुन् ।

नगरपालिकाका ७ वटा वडाका वडाअध्यक्ष सहित ३७ जना नगरकार्यपालिका सदस्यहरुले नगरप्रमुखलाई स्थानिय सरकार संचालन ऐन २०७४ विपरित विषयगत समितीहरुको बैठक बसाली आधीजसो वडाहरुका योजनाहरु नगरपालिकामा पेश नहुदै नगरसभा बोलाएको आरोप लगाउदै ‘प्रक्रियागत रुपमा गएर नगरसभा गरौं’ भन्ने मागका साथ नाराबाजी गरेका थिए ।

असन्तुष्ट पक्षले नाराबाजी गरेपनि मेयरपक्ष सदस्यहरुको तालिका विच नगरप्रमुखले सदरमुकाम गमगढीमा रहेको अनुशा टप होटेलको सभाहलमा नगरपालिकाको सातौ नगर सभाको उद्घाटन गरेका हुन् ।

असन्तुष्ट पक्षका मागलाई लिएर बुधबार विहानैदेखि प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौला र प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद साहको आग्रहमा जिल्ला प्रशासन कार्यालयमा दिउँसो १ बजेसम्म सहमतिका लागी बैठक बसेको थियो ।

दिउसो १ बजे नेपाली काँगे्रसका जिल्ला सभापति खड्क बहादुर शाही र नेकपाका स्थानिय नेताहरु मंगलबहादुर शाही तथा धर्म बहादुर शाहीको उपस्थितीमा नगरप्रमुखले सातौ नगरसभा उद्घाटन गर्ने र सभाले आगामी २५ गते पुनः सभा बैठक बोलाउने र यस विचको समयमा सबै नगरसभा सदस्यहरुवीच सहमती गर्ने निर्णय भएपछि नगरसभा उद्घाटन गरेपनि असन्तुष्टपक्षले सहमति विपरीत गएर अवरोध र नाराबाजी गरेको नगरप्रमुख हरिजंग शाहीले बताएका छन् ।

स्थानिय सरकारहरुले असार १० गतेबाट बजेट तथा नीति तथा कार्यक्रम ल्याउने प्रकृया शुरु गर्नुपर्ने कानुनी कारणले बाध्य भएर आज सातौ नगरसभाको प्रकृया शुरु गरेको पनि नगरप्रमुख शाहीले बताए ।

नगरप्रमुख शाहीले दियो बालेर सभा उद्घाटन गर्दैगर्दा असन्तुष्ट पक्षका नगर कार्यपालिकाका सदस्यहरु नाराबाजी र होहल्ला गर्दै नगर प्रमुखलाई लक्षित गर्दै मञ्चतर्फ खुर्सानीको धुलो फालेका छन् ।

यता असन्तुष्ट उपमेयर पक्षहरुले सधै आफना सदस्यहरुलाई प्रलोभनमा पारेर आफनो बहुमत जुटाई स्वार्थ पूरा गर्ने गरेकाले यो पटक सहमती, सहकार्य र समझदारीमा नगरसभा गरौ भन्दा पनि सहमति नगरि बल मिचाई गरेर नगरसभा उद्घाटन गरेको उपप्रमुख सुन्तालाा रोकायाले बताइन् ।

नगरसभाको लागी प्रकृयामा जान वडास्तरबाट योजना छनौट गरि विषयगत समितीहरुमा पेश गर्न पटक–पटक पत्र पठाएको र बैठकमा बोलाएर पनि उपमेयरसहित उनीपक्षिय सदस्यहरु सहभागी हुने तर हस्ताक्षर नगरेर बाहिरिने गरेको नगरपालिकाले बताएको छ ।

स्रोतका अनुसार नगरपालिकाले आफनो बजेट र नीति तथा कार्यक्रम आजको सभा उद्घाटनमा पेश नगरेपनि अब नियमित बस्ने सभाको बैठक पेश गरि अनुमोदन गर्नेछ ।

खुसार्नीको धुलो प्रहार
गमगढी स्थित अनुशाहोटेल एण्ड लजको सभाहलमा छायाँनाथ रारा नगरपालिकाको सातौ नगरसभा उद्घाटनमा असन्तुष्ट पक्षले नगरप्रमुख हरिजंग शाहीमाथि खुर्सानीको धुलो प्रहार गरेका छन् ।

नगरप्रमुख शाहीले दियो बालेर सभा उद्घाटन गर्दैगर्दा असन्तुष्ट पक्षका नगर कार्यपालिकाका सदस्यहरु नाराबाजी र होहल्ला गर्दै नगर प्रमुखलाई लक्षित गर्दै मञ्चतर्फ खुर्सानीको धुलो फालेका छन् ।

नगरप्रमुखलाई लक्षितगरि फ्याकिए पनि खुसानीको धुलो सुरक्षार्थ खटिएका सुरक्षाकर्मी र कर्मचारीमाथि परेको थियो । खुसानी प्रहार गर्ने कार्यपालिका सदस्य कर्ण कुलाललाई प्रहरीले नियन्त्रणमा लिएकोे प्रहरी नायव उपरिक्षक भुवनेश्वर प्रसाद शाहले बताए ।

वि.सं.२०७७ असार १० बुधवार २१:०३ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...