back
CTIZAN AD

सुरक्षाकर्मीद्धारा लाठीचार्ज र धरपकड गरिएकोप्रति काँग्रेसको ध्यानाकर्षण

वि.सं.२०७७ असार १० बुधवार

753 

shares

१० असार, काठमाडौँ । नेपाली काँग्रेसले रुकुमपश्चिमको सोतीको घटनाबारे प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने र शान्तिपूर्ण धर्नामा बस्ने क्रममा प्रदर्शनकारीलाई सुरक्षाकर्मीले लाठीचार्ज र धरपकड गरेको भन्दै सोबारेमा ध्यानाकर्षण भएको जनाएको छ ।

सोतीमा नवराज विकलगायत छ जनाको जघन्य हत्या भएको विरुद्धमा संयुक्त राजनीतिक दलित सङ्घर्ष समिति र दलित नागरिक समाजको आयोजनामा भएको शान्तिपूर्ण आन्दोलनको क्रममा आज प्रदर्शनकारीलाई सुरक्षाकर्मीले लाठीचार्ज र धरपकड गरेको काँग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सुरक्षाकर्मीले काँग्रेसका केन्द्रीय सदस्यद्वय जीवन परियार र लक्ष्मी परियार तथा राजकुमार हिङ्माङ्ग, टेकबहादुर विश्वकर्मा, रणबहादुर रम्तेल, शर्मिला वागचन्द, सुनिता मरिक, राम नेपाली, नानीमैयाँ र्पुर्कुटी, शोभा विश्वकर्मा, सङ्घर्ष दाहाल, हिक्मत महरा, लक्ष्मी थापा, धर्म बिडुवाल र दुर्गा विश्वकर्मालाई गिरप्तार गरेको विज्ञप्तिमा जनाइएको छ ।

सुरक्षाकर्मीको लाठी प्रहारबाट केन्द्रीय सदस्य लक्ष्मी परियार गम्भीर घाइते भएकाले थुनाबाट उपचारका लागि अस्पताल लगिएको र घटनामा अन्य धेरै व्यक्ति घाइते भएको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

शान्तिपूर्णरुपमा ज्ञापनपत्र बुझाउन र धर्ना बस्न पाउने नागरिकको अधिकारमाथि ठाडो हस्तक्षेप गर्दै सरकारले संविधानको भावना र मर्मविपरीतका क्रियाकलाप गर्न थालेको आरोप लगाउँदै काँग्रेसले उक्त घटनाको भत्र्सना गरेको छ । साथै गिरफ्तार गरिएका सबैको तत्काल रिहाइ गर्न र घाइतेको उचित उपचारको व्यवस्था गर्न काँग्रेसले सरकारसँग माग गरेको छ ।

वि.सं.२०७७ असार १० बुधवार २१:१६ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...