back
CTIZAN AD

स्वास्थ्यकर्मीमै कोरोना संक्रमण देखिएपछि जुम्लामा निषेधाज्ञा जारी

वि.सं.२०७७ असार १० बुधवार

810 

shares

१० असार, सिञ्जा । स्वास्थ विज्ञान प्रतिष्ठानका कर्मचारीमा कोरोना भाइरस पोजेटिभ देखिएपछि समुदायमा फैलिन नदिन, आशङ्कित व्यक्ति खोजी कार्य तथा परीक्षणका लागि भन्दै जुम्ला सदरमुकामा निषेधाज्ञा जारी गरिएको छ ।
जुम्लाका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाद्वारा जारी निषेधाज्ञा मिति २०७७ असार १० गते दिउँसो ३ बजेदेखि अर्को निर्णय नभएसम्मका लागि जारी गरिएको हो ।

स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा सङ्क्रामक रोग ऐन २०२० को २ (२) तथा स्थानीय प्रशासन ऐन, २०२८ दफा ६ (३) बमोजिम गरिएको छ । यसगरी निषेधाज्ञा गरी सिल गरिएको क्षेत्र चन्दननाथ नगरपालिकाको पूर्वमा दान साँघु, पश्चिममा उमगाड, उत्तरमा कर्णाली प्राविधिक शिक्षालय र दक्षिणमा तिल्ला नदीसहितका चार किल्ला रहेका प्रमुख जिल्ला अधिकारी थापाले जानकारी दिए ।

आजै कोभिड नियन्त्रण समितिको बैठकको निर्णयानुसार र जिल्ला सुरक्षा समितिको बैठकको निर्णयानुसार असार १० गते ३ बजेदेखि निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

यसअघि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले आकस्मिक सेवाबाहेक सबै बन्दसमेत गरिसकेको छ भने प्रतिष्ठानका स्वास्थ्यकर्मीको आजै सबैको स्वाब लिइएको जनाइएको छ ।

कर्णाली प्रतिष्ठानमा काम गरिरहेका चारजना र एक जना अन्य गरी पाँच जनामा कोरोना पोजेटिभ देखिएपछि उच्च सर्तकता अपनाइएको छ ।

वि.सं.२०७७ असार १० बुधवार २१:२९ मा प्रकाशित

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

डिभिजन वनकार्यालयद्वारा ११ महिनामा ६५ लाख बढी राजस्व सङ्कलन

जुम्ला । डिभिजन वन कार्यालय जुम्लाले चालु आर्थिक वर्षको ११...

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

विद्यार्थीलाई ‘करेसाबारी’ सम्बन्धी सीप सिकाइँदै

मान्म (कालीकोट) । कालीकोटको महावै गाउँपालिकाले छवटा माध्यमिक विद्यालयमा पढ्ने...

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

कर्णाली प्रदेशको बजेटमा स्वास्थ्य क्षेत्रलाई विषेश प्राथमिकता

मान्म (कालीकोट) । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

‘महिनावारी आराम कक्ष’ स्थापनापछि नियमित विद्यालय आउन थाले किशोरीहरु

मान्म (कालीकोट) । कालीकोट जिल्लाको रास्कोट नगरपालिकामा सामुदायिक विद्यालयमा ‘महिनावारी...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...