back
CTIZAN AD

सोती घटनामा वडा अध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश

वि.सं.२०७७ असार १० बुधवार

852 

shares

१० असार, रुकुमपश्चिम । रुकुम जिल्ला अदालतले सोती मुद्दामा वडाध्यक्षसहित २३ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश विद्याराज पौडेलको इजलासले वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ प्रतिवादीलाई थुनामा राख्न आदेश दिएको हो ।

त्यस्तै एक जनालाई रु एक लाख धरौटीमा रिहा गर्न र तीन जनालाई तारेखमा छाड्न आदेश भएको रुकुम जिल्ला अदालतका स्रेस्तेदार कृतबहादुर बोहराले जानकारी दिए । मुद्दा पुर्पक्षका लागि थुनामा जानेमा वडाध्यक्ष मल्लसहित डिल्लीबहादुर मल्ल ठकुरी, प्रेमबहादुर मल्ल ठकुरी, सन्तोष मल्ल, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, परिवर्तित नाम ५४ रुकुमपश्चिम ३६(१) र परिवर्तित नाम ५४ रुकुमपश्चिम ३६ (३) छन् ।

त्यस्तै तिलक चन्द, हर्कबहादुर मल्ल, विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, विष्णु मल्ल, इन्द्रबहादुर भन्ने इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, धनाराज राना, नवीनकुमार घर्ती मगर, बिराज पुन मगर, भीमबहादुर पुन मगर, रमित पुन मगर, सर्वजित भनिने सविन पुन र मोहन पुन मगरलाई पनि पुर्पक्षका लागि थुनामा राख्न आदेश भएको स्रेष्तेदार बोहराको भनाइ छ ।

उनका अनुसार परिवर्तित नाम ५४ रुकुमपश्चिम ३६ (२) रु एक लाख धरौटीमा रिहा भएका छन् । तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल र दीपेन्द्र चन्द भने तारेखमा रिहा भएका छन् । त्यस्तै प्रतिवादी तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढा फरार छन् ।

जिल्लाको चौरजहारी नगरपालिका -८ सोतीमा गत जेठ १० गते भएको घटनामा जाजरकोटका पाँच र रुकुम (पश्चिम)का एक जनाको ज्यान गएको थियो ।

उक्त घटनामा संलग्न रहेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यलयले ३४ जनाविरुद्ध जन्मकैददेखि आजीवन कारावाससम्मको कैद सजायको माग दावी गर्दै मुद्दा दर्ता गराएको थियो ।

उक्त मुद्दामा प्रतिवादीको बयान र थुनछेक बहस सकिएपछि आज थुनछेक आदेश जारी भएको हो । पक्राउ परेका २९ जनामध्ये दुई नाबालकलाई भने बाल सुधारगृहमा पठाउन यसअघि नै अदालतले आदेश दिइसकेको थियो ।

वि.सं.२०७७ असार १० बुधवार २०:४० मा प्रकाशित

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

महानगरमा मौन महामारीका रूपमा फैलिँदै मानसिक समस्या

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पछिल्लो समय मानसिक समस्या मौन महामारीका...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

रास्वपा महाधिवेशनमा केन्द्रीय सदस्यको मतदान सकियो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनको पहिलो चरणको...

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

रास्वपालाई बाबुरामको चेतावनी, ‘संघीयता भत्काउने निर्णय ठूलो भूल हुनसक्छ’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो...

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुरमा ‘बर्डफ्लू’, देखिएपछि ४८ हजार कुखुरा नष्ट गरियो

भक्तपुर । जिल्लामा पंक्षीमा लाग्ने ‘बर्डफ्लू’ पुष्टि भएको छ चाँगुनारायण...