गिरिजा प्रसाद कोइराला (जिपी ) फाउण्डेशन अमेरिकाले कोभिड १९ सुरु भएपछि वितरण गर्दै आएको निस्शुल्क खाधन्न वितरण कार्यक्रम बाह्रौँ पटकमा अन्त गरेको छ ।
समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निस्शुल्क शुद्व खाधन्न वितरण कार्यक्रम अन्तिम पटक जुन २३, २०२० मंगलबार बेलुका भव्यताका साथ सम्पन्न गरेको छ ।
क्वीन्सबोरो प्रेसिडेन्ट सारोन लि सँग सहकार्य गरी निशुल्क खाधन्न वितरण गरिएको हो। वहाँ ले यसै फाउण्डेशन लाई १०० बक्स- २० पाउण्डको प्रतेक बक्स, जम्मा २००० पाउण्ड (Dry Food) ग्रोसरि सहयोग स्वरुप प्रधान गर्नु भएको थियो भने क्वीन्स डेमोक्र्याट नेत्री याना हेनरिक्वेज वाट १ लिटर को माउन्टेन डिउ पेय पदार्थ १२० वटा बोत्तल र १० बक्स- २० पाउण्डको प्रतेक बक्स, जम्मा २०० पाउण्ड गरी जम्मा खाधन्न २२०० पाउण्ड, लगभग २०० जना नेपाली लगाएत सबै समुदायका मानिस हरुलाई वितरण गरेको जानकारी यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले दिए। फाउण्डेशन कै कार्यालय (72-24 ब्रोडवे, ज्याक्सन हाईट्स, न्युयोर्क) अगाडी बाट प्रथमतः का आधारमा लाईनमा सामाजिक दुरी कायम राख्दै वितरण गरिएको थियो।

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा, यु.एन.आई ग्लोबल युनियन नेपाल कि प्रथम निर्वाचित महिला अध्यक्ष कमला पन्त खटिएका थिए भने रेखा श्रेष्ठ, नविना श्रेष्ठ, कल्पना दाहाल, भावना सीमखडा, ईन्डीयन कम्युनिटीवाट सत्नाम लाल सिहं लगायत स्वयमसेवी रुपमा सहयोग गरेका थिए।
यसै कार्यक्रममा फाउण्डेशनका केन्द्रीय सदस्य राम चन्द्र अधिकारी, घ्याल्सुम्दो सेवा संस्था अमेरिकाकी अध्यक्ष निमा ल्हमो, आदिवासी जनजाति महासघं अमेरिकाकी कोषाध्यक्ष छोन्जोम लामा, कलाकार मधुर गिरी, पुष्कर बराल, रूपान्तरण मेडियाका सञ्चालक आकुर लुइँटेल, नेजससअ न्यूयोर्कका पूर्व संयोजक विनोद सुवेदी, नेपाल तरुण दल अमेरिकाका उपाध्यक्ष अनन्तराज सुवेदि, युनाईटेड किराँत राई अर्गनाइजेसन अफ अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष केशव राम राई, एन आर एन अमेरिका न्युयोर्क च्याप्टरका अध्यक्ष रामहरि अधिकारी लगायत को उपस्थिति रहेको थियो।
गिरिजा प्रसाद कोइराला फाउन्डेसन अमेरिकाले क्वीन्सबोरो प्रेसिडेन्ट सारोन लि र याना हेनरिक्वेजलाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गरेको छ ।
वि.सं.२०७७ असार १० बुधवार २०:२९ मा प्रकाशित






























