
११ असार, काठमाडौँ । भारतमा एकै दिनमा १६ हजार भन्दा बढि कोरोना नयाँ संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ४ सय भन्दा बढिको मृत्यु भएको छ ।
बुधबार बेलुका सम्मको रिर्पोट अनुसार भारतमा कोरोना संक्रमितको संख्या ४ लाख ७२ हजार ९ सय ८५ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेको संख्या १४ हजार ९ सय ७ रहेको छ ।
बुधबार मात्र १६ हजार ८ सय ७० नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ४ सय २४ जनाको मृत्यु भएको छ ।