back
CTIZAN AD

सरिता गिरीको चेतावनी : एमसीसी पास भए क्षेत्रीय युद्ध हुनसक्छ

वि.सं.२०७७ असार १२ शुक्रवार

939 

shares

काठमाडौं । जनता समाजवादीकी नेतृ सरिता गिरीले नेपालको संसदबाट अमेरिकी सहयोग कार्यक्रम एमसीसी पास भए क्षेत्रिय युद्ध हुनसक्ने चेतावनी दिएकी छन् । उनले नेपालमा एमसीसी अनुमोदन भएको दिन भारत र चीनबीच सशस्त्र द्धन्द सुरु हुने जसले ठुलो युद्धको रुप लिने चेतावनी दिएकी छिन् ।

भारत र चीनबीच हुने युद्धले डरलाग्दो क्षेत्रिय युद्ध हुनसक्ने सम्भावना उनले दर्शाएकी छिन् । सामाजिक सञ्जालमार्फत बोल्दै उनले भनेकी छिन्, ‘जुन दिन नेपालमा एमसीसीको अनुमोदन संसदद्धारा हुनेछ, त्यहि दिन भारत र चीनका बीच लद्दाखको अक्साई चीन क्षेत्रमा सशस्त्र द्धन्द सुरु हुने प्रबल सम्भावना छ । उक्त द्धन्दले युद्धको रुप लिन सक्नेछ ।’

उनले उक्त भयावह युद्धको लपेटामा नेपाल पनि पर्ने र पाकिस्तान पनि संलग्न हुने सम्भावना रहेको बताएकी छिन् । ‘उक्त युद्धको लपेटामा नेपाल पनि आउनेछ, जहाँ पाकिस्तानको पनि संलग्नता निश्चित हुनेछ’ गिरीले भनेकी छिन् ।

अमेरिकी सैन्य कार्यक्रम इण्डो–प्यासिफिकको अंगको रुपमा अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) रहँदै आएको छ । जुन चिनियाँ बिआरआई कार्यक्रमको काउण्टरमा आएको हो । एमसीसी अन्तर्गतको कार्यक्रम नेपालको संसदमा अनुमोदनको पर्खाइमा छ । जुन सम्झौतामा भएको प्रावधानप्रति सत्तारुढ पार्टी र बाहिर निकै विरोध भईरहेको छ ।

एमसीसी सम्झौता भए अमेरिकी सैन्य शक्ति नेपालमा आउन सक्ने भन्दै सत्तारुढ पार्टीकै नेताहरुले विरोध जनाउँदै आएका छन् । केहिले एमसीसीकै कारण क्षेत्रिय युद्ध हुनसक्ने चेतावनी पनि दिँदै आएका छन् ।

वि.सं.२०७७ असार १२ शुक्रवार १५:१९ मा प्रकाशित

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

मनसुन सक्रिय, यी प्रदेशका पहाडी भेगमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर आज मनसुनी वायुको प्रभाव रहेको छ ।...

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमण बढ्दो, साबधानी अपनाउन आग्रह

भद्रपुर (झापा) । वर्षायाम सुरु भएसँगै झापामा जापानिज इन्सेफ्लाइटिस (जेई)को...

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

नगर अस्पतालमै शल्यक्रियाबाट प्रसूति सेवा दिन थालिएपछि सेवाग्राही आकर्षित

सर्लाही । शल्यक्रिया सुविधासहितको प्रसूति सेवाले सर्लाहीको बरहथवा नगर अस्पतालमा...

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...