
काठमाडौं । जनता समाजवादीकी नेतृ सरिता गिरीले नेपालको संसदबाट अमेरिकी सहयोग कार्यक्रम एमसीसी पास भए क्षेत्रिय युद्ध हुनसक्ने चेतावनी दिएकी छन् । उनले नेपालमा एमसीसी अनुमोदन भएको दिन भारत र चीनबीच सशस्त्र द्धन्द सुरु हुने जसले ठुलो युद्धको रुप लिने चेतावनी दिएकी छिन् ।
भारत र चीनबीच हुने युद्धले डरलाग्दो क्षेत्रिय युद्ध हुनसक्ने सम्भावना उनले दर्शाएकी छिन् । सामाजिक सञ्जालमार्फत बोल्दै उनले भनेकी छिन्, ‘जुन दिन नेपालमा एमसीसीको अनुमोदन संसदद्धारा हुनेछ, त्यहि दिन भारत र चीनका बीच लद्दाखको अक्साई चीन क्षेत्रमा सशस्त्र द्धन्द सुरु हुने प्रबल सम्भावना छ । उक्त द्धन्दले युद्धको रुप लिन सक्नेछ ।’
जिस दिन नेपाल में एमसीसी का अनुमोदन संसद के द्वारा होगा ,उस दिन भारत और चीन के बीच लद्दाख के अक्साई चीन क्षेत्र में सशस्त्र द्वन्द शुरु हाने की प्रबल सम्भावना रहेगी।वह द्वन्द युद्ध का भी रुप ले सकता हैऔर उस युद्ध की लपेट में नेपाल भी आएगा, पाकिस्तान की संलग्नता तो निश्चित है ही ।
— sarita giri (@sarita_giri) June 25, 2020
उनले उक्त भयावह युद्धको लपेटामा नेपाल पनि पर्ने र पाकिस्तान पनि संलग्न हुने सम्भावना रहेको बताएकी छिन् । ‘उक्त युद्धको लपेटामा नेपाल पनि आउनेछ, जहाँ पाकिस्तानको पनि संलग्नता निश्चित हुनेछ’ गिरीले भनेकी छिन् ।
अमेरिकी सैन्य कार्यक्रम इण्डो–प्यासिफिकको अंगको रुपमा अमेरिकी सहयोग नियोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) रहँदै आएको छ । जुन चिनियाँ बिआरआई कार्यक्रमको काउण्टरमा आएको हो । एमसीसी अन्तर्गतको कार्यक्रम नेपालको संसदमा अनुमोदनको पर्खाइमा छ । जुन सम्झौतामा भएको प्रावधानप्रति सत्तारुढ पार्टी र बाहिर निकै विरोध भईरहेको छ ।
एमसीसी सम्झौता भए अमेरिकी सैन्य शक्ति नेपालमा आउन सक्ने भन्दै सत्तारुढ पार्टीकै नेताहरुले विरोध जनाउँदै आएका छन् । केहिले एमसीसीकै कारण क्षेत्रिय युद्ध हुनसक्ने चेतावनी पनि दिँदै आएका छन् ।