back
CTIZAN AD

‘कोरोना भाइरस रिमुभिङ कार्ड’ का बारेमा स्वास्थ्य मन्त्रालयको गम्भीर ध्यानाकर्षण

वि.सं.२०७७ असार १३ शनिवार

750 

shares

१३ असार, काठमाडौं । कोरोना भाइरसबाट बच्नका लागि ‘कोरोना भाइरस रिमुभिङ कार्ड’ बजारमा आएको भन्दै हल्ला फैलिएकोप्रति स्वास्थ्य मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयद्धारा शनिबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यस्तो प्रकारको कुनै प्रविधिको अहिलेसम्म विकास नभएको र यसबारेमा विभिन्न भ्रमहरु फैलाइएको समेत बताएका छन् ।

‘हालै मात्र ‘भाइरस रिमुभिङ कार्ड’ पत्ता लागेको र यो घाटीमा झुण्ड्याएमा कोभिड रोग लाग्दैन भन्ने भ्रम सिर्जना भएको विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ पत्रकार सम्मेलनका क्रममा डा. गौतमले भनेका छन्, ‘यस किसीमको कुनैपनि कार्ड हालसम्म पत्ता लागेको छैन । यस्तो विधि र प्रक्रिया नै सुरु नभएको सबैमा अनुरोध छ ।’

डा गौतमले यस्तो विधि भएको भए संसारभर यतिधेरै समस्या नहुने बताउँदै यस्ता विधिको खाँचो सबैलाई भएपनि प्रभावकारी नभएको पनि उनले बताए । ‘यस्ता किसिमका प्रविधि भएमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दर्ता भई प्रक्रिया अनुसार नै सरकारले आफै उपलब्ध गराउने गरी प्रक्रिया अगाडि बढाउने छ ।’ उनले भने ।

भाइरस रिमुभिङ कार्डका नामले कसैले कार्ड बनाउने, विदेशबाट ल्याउने र व्यापार गर्ने प्रयोजनका लागि बजारमा उपलब्ध गराउने र समाजका प्रतिष्ठित व्यक्तिहरुका गलामा विभिन्न तरिकाले झुण्ड्याउने र प्रचार गर्ने गरेको देखिएकोमा मन्त्रालय ज्यादै चिन्तित रहेको पनि डा. गौतमले बताए ।

‘त्यस किसिमका कुनैपनि कार्डहरुलाई नेपाल सरकारले स्विकृति नदिएको र त्यस्ता कार्डमा प्रयोग भएका भनिएका रसायन हरुले मुटु, फोक्सो, कलेजो लगायतका अंगहरुमा असर गरी स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न गर्दछ ।’ उनले भने ।

‘यो रोग विश्वव्यापीरुपमा फैलिएको रोग हो । यसको रोकथाम र नियन्त्रणका उपायहरुका बारेमा धेरै बैज्ञानिक र चिकित्सकहरु रातदिन अध्ययन अनुसन्धान गरिरहेका छन्,‘ डा. गौतमले भने, ‘ती खोजबाट कुनैपनि नयाँ कुरा पत्ता लाग्ने वित्तिकै स्वास्थ्य तथा जनसंख्या मन्त्राललाई जानकारी हुने खालका बिज्ञहरुको संयन्त्र हामीसँग छ ।’

डा. गौतमले यसै अनुसार सर्वसाधारणलाई जानकारी गराउने र मन्त्रालयले गरेका प्रतिकार्यका कामहरुमा सुधार गर्दै लगिरहेको समेत बताएका छन् । उनले बेलाबेलामा विभिन्न व्यक्ति तथा समुहको निहित स्वार्थका कारण विभिन्न भ्रमहरु सिर्जना गर्ने काम भइरहेको र त्यसैलाई फैलाउने काम भएको भन्दै यस्ता भ्रमहरु थाहा पाउना साथ मन्त्रालयललाई जानकारी गराउन समेत सबैमा अनुरोध गरेका छन् ।

स्मरण रहोस्, शुक्रबार देखि नेकपाका नेताहरुले स्थायी समितिको बैठकमा समेत उक्त कार्ड घाटीमा भिरेर बैठकमा प्रवेश गरेका थिए । नेकपा नेता मुकुन्द न्यौपानेका अनुसार सो कार्ड पुर्वप्रधानमन्त्री तथा वरिष्ठ नेता माधव नेपाल मार्फत सबै स्थायी समिति सदस्यलाई दिइएको थियो । साथै सो कार्डका बारेमा भौतिकवादी नेताहरुले बुटी बाँधेर बैठक गरिरहेको भन्ने व्यंग्य समेत गरिएको थियो ।

वि.सं.२०७७ असार १३ शनिवार १७:४४ मा प्रकाशित

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

दाम्पत्य प्रेमको कामनासहित आज मधुश्रावणी पर्व समापन हुँदै

मिथिलाञ्चल क्षेत्रमका नवविवाहिता मिथिलानीले आज मधुश्रावणी पर्व समापन गर्दैछन् ।...

बेनी–जोमसोम–कोरला सडक :  हालसम्म आठ अर्ब ९६ करोड खर्च

बेनी–जोमसोम–कोरला सडक : हालसम्म आठ अर्ब ९६ करोड खर्च

सुन्दरकुमार थकाली, मुस्ताङ ।  चीन र भारतलाई जोड्ने त्रिदेशीय (बेनी–जोमसोम–कोरला)...

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

पछिल्ला समय फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

सन्तोष गौतम, म्याग्दी ।  जिल्लामा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य...