back
CTIZAN AD

फेन्सी पसलमा आगलागी हुँदा दश लाख बराबरको क्षति

वि.सं.२०७७ असार १५ सोमवार

858 

shares

१५ असार, काठमाडौँ । नवलपरासी बर्दघाट–सुस्ता पश्चिम को बर्दघाट नगरपालिका–१४ स्थित एक फेन्सी पसलमा आगलागी हुँदा करीब रु दश लाखको क्षति भएको छ । विद्युत् सर्ट हुँदा आज बिहान यूनिक फेन्सी क्लेक्सन गङ्गाबस्तीमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट पसलमा रहेका कपडा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिएका छन । पसलको सटरबाट धुवाँ निस्किरहेको देखेपछि घरधनीले पसल सञ्चालकलाई खबर गरेका थिए ।

आगलागीबाट पसलमा रहेका फेन्सी सामान कामै नलाग्ने गरी जलेको सञ्चालक प्रदीप पाण्डेले बताए । स्थानीयवासीको सहायतामा आगलागी तत्कालै नियन्त्रणमा लिइएको थियो ।

वि.सं.२०७७ असार १५ सोमवार १५:०१ मा प्रकाशित

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

तुलसीपुर(दाङ) । दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३÷०८४...

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुराका सबै स्थानीय तहको बजेट सार्वजनिक, कुन पालिकालाई कति ?

बाजुरा । यहाँका चार नगरपालिका र पाँच गाउँपालिकाका नगर उपप्रमुख...

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

बालबालिकाका लागि घर मात्र होइन, जीवनको दोस्रो अवसर बन्दै ‘सम्सारा घर’

पर्वत । नेपालका अनाथ, असहाय, विपन्न, दलित तथा अल्पसंख्यक समुदायका...

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

जलविद्युत् आयोजनाको ‘हब’ लमजुङमा विद्युत् उत्पादन बढ्न थाल्यो

लमजुङ । जलविद्युत् आयोजनाको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशमा पर्ने...

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्जको नीति तथा कार्यक्रमः सुशासनयुक्त महानगरमा जोड

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ को नीति...