१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि गंगालाल हृदयरोग केन्द्र बांसबारी पुगेका छन । ओली मुटुसम्बन्धी समस्याको जाचका लागि त्यहाँ पुगेको प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिएका छन ।
अहिले प्रधानमन्त्री ओली धपेडीमा छन । भर्खरै दोस्रो पटक मृगौला प्रत्यारोपण गरेका ओली स्थायी समितिको बैठकमा समेत कम उपस्थित हुनेगरेका थिए । त्यसमाथी स्थायी समिति बैठकमा उनको राजिनामाको बिषयले प्रमुखता पाएपछि उनी झनै तनाबमा छन ।