१८ असार, काठमाडौँ । सरकारले वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति खुला गरेको छ । कोरोना भाइरसका कारण रविगत रोकिएको श्रम स्वीकृति दिनेप्रक्रिया आजबाट पुनः सुचारु गरेको हो ।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले यहि असार १५ गते मन्त्री परिषद्ले गरेको निर्णय भन्दै वैदेशिक रोजगार विभागलाई कार्यान्वयनका लागि पठाएको पत्रमा उक्त कुराको जानकारी गराइएको छ ।
मन्त्री परिषदको बैठकले बिदामा नेपाल आएका तथा करार अवधि बाँकी रहेका कामदारलाई फेरि फर्किन श्रम स्वीकृति दिने गरेको छ ।
यसपुर्वको करार अवधि समाप्त भई पुन करार निविकरण गरेका र भिसाको म्याद समेत थप भएका व्यक्तिले आवश्यक कागजात सहित निवेदन दिएमा कोभिड १९ परीक्षण र स्वास्थ्य सम्बन्धी प्रोटोकल समेतको आधारमा पुनः श्रम स्वीकृति जारी गर्ने निर्णय गरेको थियो ।
विभागका अनुसार नयाँ कामदारले भने विदेश जान श्रम स्वीकृति पाउने छैनन् ।
सरकारले कोरोना महामारीका कारण गत फागुन ३० देखि वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति दिन बन्द गरेको थियो।
वि.सं.२०७७ असार १८ बिहीवार १५:२० मा प्रकाशित





























