वलिउड अभिनेता शुसान्त सिंह राजपूतले आत्महत्या गर्नुको केही समय अगाडि गुगल सर्च गरेर हेरेको फरेन्सिक रिर्पोटमा भेटिएको छ ।
उनले गुगल सर्च गरेर आफ्ना बारेमा छापिएका समाचारहरु हेरेका थिए । उनले धेरै न्युज साईटहरु सर्च गरेर हेरेका थिए । रिर्पोटका अनुसार सुशान्तले बिहान १०ः १५ मा मोबाइलमा आफ्नो नाम सर्च गरेर हेरेका थिए । उनले केही समाचार र आर्टिकलहरु पढेको रिर्पोटमा उल्लेख छ ।
उनले गरेका सर्च समाचारहरु हेर्दा उनी आफ्ना बारेमा छापिएका नकारात्मक समाचारका कारण दुःखीत थिए । उनका नजदिकका साथि तथा आफन्तले केहीदिनदेखि सुसान्त आफ्नो भविष्य र इमेजका बारेमा चिन्तित थिए । उनलाई यो आशंका थियो, कि, केही मानिसहरु उनको बदनाम गर्ने कोशिष गरिरहेका छन् ।
साथै प्रहरीले गरेको भिसेरा जाँचमा फाँसी लगाएकै कारण उनको ज्यान गएको बताइएको छ । उनको शरीरमा त्यस्तो कुनै रसायन भेटिएको छैन जसका कारण आत्महत्या नभएर हत्या भन्ने पत्ता लागोस् ।
वि.सं.२०७७ असार १८ बिहीवार १५:०९ मा प्रकाशित






























