back
CTIZAN AD

ओलीको समर्थनमा प्रदर्शन हुनथालेपछि नेकपा प्रवक्ताले भने, ‘अन्तरसंघर्ष व्यक्तिको स्वार्थ केन्द्रित भयो’

वि.सं.२०७७ असार १९ शुक्रवार

831 

shares

काठमाडौं । सत्तारुढ नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीभित्रको अन्तरसंघर्ष व्यक्ति केन्द्रित हुनु दुःखद भएको बताएका छन् । नेकपाभित्र विवाद बढ्दै जाँदा नेताका पक्षमा समर्थन तथा विरोध हुन थालेपछि श्रेष्ठले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

उनले पार्टीभित्रको अन्तरसंघर्ष व्यक्ति केन्द्रित स्वार्थभन्दा बाहिर पार्टी, देश र जनताको हितमा हुनुपर्ने टिप्पणी गरेका छन् । श्रेष्ठले छातीमा हात राखेर नेताहरुलाई आत्मसमिक्षा गर्न पनि आग्रह गरेका छन् ।

‘पार्टी भित्रको अन्तर्सँघर्ष कुनै ब्यक्ति वा ब्यक्तिहरुको स्वार्थ केन्दृत हुनुहुँदैन’ सामाजकि सञ्जाल ट्विटरमा श्रेष्ठले भनेका छन्, ‘त्यसैले एउटा वा अर्को ब्यक्तिको समर्थन वा बिरोधमा होइन, पार्टी एकता,समृध्दि,समाजवाद, देश,जनता र श्रमजिवीबर्ग लाई केन्द्रबिन्दु मा राखेर रुपान्तरणमुखी बहसमा सह्भागी होऔं, छातिमा हात राखौं र सोचौं।’

पछिल्लो समय नेकपाभित्र विवाद बढेसँगै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको पक्षमा प्रदर्शनहरु भएका छन् । ओलीका समर्थकले प्रधानमन्त्रीबाट हटाउन नेकपाकै नेताहरु लागेको भन्दै विरोध गरिरहेका छन् ।

वि.सं.२०७७ असार १९ शुक्रवार १४:५० मा प्रकाशित

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

एकै दिन छ हजारभन्दा बढीले  बढ्यो सुनको मूल्य, तोलाको कति ?

एकै दिन छ हजारभन्दा बढीले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

काठमाडौँ । नेपाल - एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई...

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

भारतमा अध्ययनरत नेपाली विद्यार्थीका लागि ‘आफ्नो दूतावास चिनौं’ कार्यक्रम

नयाँ दिल्ली । भारतस्थित नेपाली राजदूतावासले भारतका विभिन्न राज्य तथा...