१९ असार, काठमाण्डौं । निरन्तर उकालो लागेको सुनको भाउ दुई दिन यता ओरालो लाग्दै गएको छ । विश्व वजारमा डलरको भाउ घट्दै गएपछि सुनको भाउ पनि घटिरहेको छ ।
बुधबार प्रतितोला ९१ हजार ७०० पुगेर नयाँ रेर्कड राखेको सुनको भाउ बुधबारदेखि फेरि ओरालो लाग्दै आएको छ ।
नेपाल सुन चाँदी व्यवसायी संघका अनुसार आजको बजारमा छापावाल सुनको भाउ प्रतितोला ९० हजार ५०० मा रहेको छ ।
त्यसैगरी तेजावी सुन ९० हजार ६५ रुपैयाँ रहेको छ भने चाँदीको भाउ पनि प्रतितोला २० रुपैयाँले घटेर ९४० रुपैयाँमा झरेको महासंघले उल्लेख गरेको छ ।
सुनको भाउमा नयाँ रेर्कड, हेर्नुहोस् आज कति पुग्यो त प्रतितोला ?