back
CTIZAN AD

कोरोना सचेतनाका लागि सडकमा दौड

वि.सं.२०७७ असार २० शनिवार

996 

shares

२० असार, काठमाडौं । लव एन्ड सपोर्ट फाउन्डेसनको आयोजनामा कोरोना सचेतना दौड शनिबार सञ्चालन गरियो ।

बैकुण्ठ मानन्धर खेलकुद नेपाल र प्रयास मञ्चको सह–आयोजनामा भएको दौडको नाम बैकुण्ठ मानन्धर ५ किलोमिटर भेट्रान रोड रेस दिइएको थियो ।

दौडमा ३ महिलासहित २५ जना प्रतिस्पर्धी सहभागी थिए । कोरोना भाइरस ९कोभिड– १९० का दौरान २५ जना भन्दा बढी भेला हुन नपाउने नेपाल सरकारको नियमलाई पालना गरी २५ जना मात्र सहभागी गराएर दौड सञ्चालन गरिएको पूर्व धावक समेत रहेका दौड संयोजक बुद्धवीर लामाले जानकारी गराए । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गरी उच्च सतर्कता अपनाउनुका साथै कोरोना भाइरसका दौरान कसरी सतर्क रहने भन्ने सन्देश प्रवाह गर्न दौड आयोजना गरिएको संयोजक लामाले बताए ।

सहभागी सबैले ‘सावधानी अपनाऔं’, ‘भौतिक दूरी कायम गरौं’, ‘आफू बाँचौं र अरुलाई पनि बचाऔं’, ‘दौडौ र स्वास्थ्य रहौ’ र ‘कोराना भगाऔं र सामान्य जीवनमा फर्कौ’ भन्ने नारा लेखिएको सन्देशमुलक प्ले कार्डलाई चेस्ट नम्बरका रुपमा प्रयोग गरेका थिए ।

सहभागी सबैले निर्धारित २५ किलोमिटर दूरी तय गर्न सफल भए । सहभागी मध्ये सबै भन्दा पाका ८४ वर्षीय डा. खगेन्द्रबहादुर श्रेष्ठ रहे । श्रेष्ठ डा खगेन्द्रबहादुर श्रेष्ठ स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष पनि हुन् । अन्य सहभागीमा दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्व धावक बैकुण्ठ मानन्धर, एभरेष्ट म्याराथनकी तीन पटककी विजेता याङदी लामा शेर्पा, एसियन मास्टर्स एथलेटिक्स च्याम्पियनसिपका कांस्य विजेता धर्म महजर्न, संयोजक बुद्धवीर लामालगायत रहेका छन् । लामा बैकुण्ठ र अर्का पूर्व धावक जितबहादुर केसीले म्याराथनमा प्रतिस्पर्धा गर्ने बेलाका निकटम प्रतिद्वन्द्वी हुन् । बैकुण्ठ र केसीले फरक–फरक म्याराथनमा प्रतिस्पर्धा गर्दा सहभागी लामा जहिले पनि दोश्रो हुन्थे ।

कोरोना सचेतना दौड त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कार्यालयको मुल गेट बाहिरबाट सुरु भइ विभिन्न भागको परिक्रमा गरी पुनः त्यही आएर टुंगिएको थियो । दौडलाई तीन समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको थियो । ६० वर्षमाथि उमेरसमूहमा शम्भु दाहाल पहिलो, पुष्पलाल श्रेष्ठ दोश्रो र मंगलदास तण्डुकार तेश्रो भए ।

महिला खुला समूहमा याङदी लामा शेर्पा पहिलो, सीता रिमाल दोश्रो र राधा श्रेष्ठ तेश्रो बने । ४० देखि ५९ वर्ष उमेरसमूहमा धर्म महर्जन प्रथम, भीमबहादुर गुरुङ द्वितीय र दीपककुमार रन्जित तृतीय स्थानमा रहे । विजेतालाई डा। खगेन्द्रबहादुर श्रेष्ठले प्रमाण पत्र र पदक वितरण गरे । सहभागीलाई पनि प्रमाण पत्र र पदक प्रदान गरिएको थियो ।

वि.सं.२०७७ असार २० शनिवार १७:३७ मा प्रकाशित

पीएसए स्याटेलाइट स्क्वास हुने

पीएसए स्याटेलाइट स्क्वास हुने

काठमाडौँ । नेपाल स्क्वास ¥याकेट्स संघको आयोजनामा पीएसए नेपाल स्याटेलाइट...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

ब्याकयार्ड अल्ट्रामा अर्जुन र मन्जु पहिलो

काठमाडौं । अर्जुन कुलुङ राई र मन्जु सुनुवार ब्याकयार्ड अल्ट्रा–...

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद्...

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

पोखरा एभेन्जर्समा पुनः आबद्ध भए श्रीलंकाली अलराउन्डर धनञ्जय लक्षण

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को तयारीलाई थप...

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

गोर्खा खुकुरी मार्सल आर्ट्सको राष्ट्रिय सेमिनार सम्पन्न

काठमाडौं । नेपाल गोर्खा खुकुरी मार्सल आर्ट्स संघको आयोजनामा राष्ट्रिय...