back
CTIZAN AD

विदेशबाट १८ हजार बढी फर्किए

वि.सं.२०७७ असार २१ आइतवार

774 

shares

२१ असार, काठमाडौं । कोभिड १९ का कारण समस्यामा परेका र फर्कन नपाएर रोकिरहेकाहरु मध्ये अहिलेसम्म विभिन्न देशबाट १८ हजार १९७ जना नेपाली नेपाल फर्किएका छन् ।

कोभिड-१९ संकट व्यवस्थापन संचालन केन्द्रले प्रेस विज्ञप्तीमार्फत दिएको जानकारी अनुसार आषाढ २० गते सम्म २१ देशबाट १८ हजार १९७ जना नेपाल फर्किएका हुन् ।

सेन्टरद्वारा जारी विज्ञप्ती अनुसार शुक्रबारसम्म १७ हजार २११ जना फर्किएकोमा शनिबार ४ देशबाट ९८६ जना फर्किएका छन् ।

शनिबार साउदी अरब ३ उडान, कुवेतबाट २ उडान र मलेसिया तथा कतारको दोहाबाट १ उडान भएका छन् । साउदीबाट ५४७ जना फर्किएका छन् भने कुवेतबाट ३१२ जना फर्किएका छन् । त्यस्तै दोहाबाट १२७ जना फर्किएका छन् तर मलेसियाबाट फर्किनेको संख्याको विवरण प्राप्त नभएको उल्लेख छ ।

विज्ञप्तीमा दिइएको जानकारी अनुसार अहिलेसम्म सबैभन्दा कुवेतबाट फर्किएका छन् । कुवेतबाट फर्किनेको संख्या ३८३९ पुगेको छ, त्यसपछि युएईबाट फर्किनेको संख्या ३१९२ जना र साउदीबाट फर्किनेको संख्या २५४९ रहेका छन् ।

वि.सं.२०७७ असार २१ आइतवार ०७:४२ मा प्रकाशित

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

सुर्खेतमा ४४ हजार ५०० सिलिन्डर ग्यास वितरण

कर्णाली ।  कर्णाली प्रदेशको राजधानी सुर्खेतमा खाना पकाउने एलपी ग्यासका...

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

यी दश सहकारीका १९७ बचतकर्ताले पाए बचत रकम फिर्ता

काठमाडौँ ।   विभिन्न १० सहकारी संस्थाका १९७ जना बचतकर्ताले रकम...

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

पालिका, स्कुल लगायतका सरकारी छाप तथा दस्तखत कीर्ते गरेको आरोपमा पक्राउ

काठमाडौँ ।  प्रहरीले सरकारी छाप तथा दस्तखत कीर्ते गरी नक्कली...

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

राष्ट्रिय सतर्कता केन्द्रको वार्षिक प्रतिवेदन प्रधानमन्त्रीसमक्ष प्रस्तुत

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता...

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ

काठमाडौं । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका...