back
CTIZAN AD

८१ वर्षीयाले कोरोना जितिन्

वि.सं.२०७७ असार २१ आइतवार

633 

shares

२१ असार, लहान(रासस) । सिरहाकी ८१ वर्षीया एक वृद्धा कोरोना जितेर घर फर्किएकी छन् । सदरमुकामस्थित चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा रहेकी सिरहा नगरपालिका– १९ सन्हैठा निवासी ८१ वर्षीय कागतीदेवी मण्डल कोरोना सङ्क्रमणमुक्त भएर आज घर फर्किएकी हुन् ।

उनीसँगै सिरहाका ६३ जना कोरोना सङ्क्रमित उपचारपश्चात् निको भएर घर फर्किएका छन् ।

कोरोना सङ्क्रमणबाट मुक्त भई घर फर्किंदा खुशी भएकी उनले आत्मबल बलियो बनाएर स्वास्थ्यकर्मीको सुझावअनुसार आइसोलेशनमा बसेकाले कोरोनालाई जितेको बताए । घरका सदस्यमा कोरोना सङ्क्रमण पुष्टि भएपछि मण्डललाई पनि सिरहा क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो । दुई साता क्वारेन्टिन बसाइका क्रममा गरिएको पिसिआर परीक्षणमा उनमा पनि कोरोना सङ्क्रमण देखिएपछि चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा राखिएको थियो ।

करिब २० दिनमा दुईपटक स्वाब सङ्कलन गरी गरिएको कोरोना परीक्षणमा रिपोर्ट निगेटिभ आएपछि मण्डललाई घर पठाइएको आइसोलेशन इञ्चार्ज अरविन्द मण्डलले जानकारी दिए । उनीसँगै सिरहाको चन्द्र माध्यमिक विद्यालय ४९ जना र महेन्द्र गेनाई मेटरनिटी अस्पतालको आइसोलेशनबाट १४ जना गरी कूल ६३ जना उपचारपश्चात् निको भएर घर फर्किएका जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

अब महेन्द्र गेनाई मेमोरियल अस्पतालको आइसोलेशनमा २५ र चन्द्र माध्यमिक विद्यालयको आइसोलेशनमा २४ जना गरी ४९ जना कोरोना सङ्क्रमितको उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

वि.सं.२०७७ असार २१ आइतवार १९:५१ मा प्रकाशित

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

प्रतिनिधिसभाको बैठक बस्दै, के-के छन् कार्यसूची ?  

काठमाडौँ ।  सङ्घीय संसद, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बिहान...

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

बाँदरको उपद्रोले किसानको वर्षभरीको  मेहनत जोखिममा

भोजपुर । भोजपुरमा बाँदरको बढ्दो उपद्रोले किसानको वर्षभरको मेहनत जोखिममा...

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

चापाकल खरिदमा अनियमितता गरेको आरोपमा अधिकृतसहित ११ जनाविरुद्ध मुद्दा

काठमाडौँ ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको औरही नगरपालिकामा चापाकल...

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ उपत्यकामा अहिलेसम्मकै  धेरै ग्यास बिक्री

काठमाडौँ ।  देशभर उल्लेख्य मात्रामा खाना पकाउने एलपी ग्यास बिक्रीवितरण...

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

विद्युतीय ऊर्जाको प्रयोग बढाउन महानगरको प्रोत्साहन अभियान 

कास्की ।  पोखरा महानगरपालिकाले विद्युतीय ऊर्जाको प्रयोग बढाउने उद्देश्यका साथ...