काठमाडौं । नेपाल वायु सेवा निगमका तीन पाइलटसहित १४ कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । निगमले जनाएअनुसार ३ पाइलट र अन्य क्याविन क्रुका ११ जना कर्मचारीलाई कोरोना देखिएको हो ।
कोरोना संक्रमण पुष्टी भएसँगै पाइलट तथा कर्मचारी सबैलाई क्वारेन्टिनमा राखिएको जनाइएको छ ।
मन्त्रीद्वारा स्वास्थ्य लाभको कामना
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले वायु सेवा निगमका ३ पाइलटसहित १४ जनामा कोरोना देखिएको घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत संक्रमित सबैको सिघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन् । भट्टराईले संकटकालीन अवस्थामा कर्मचारीले गरेको कामको पनि उच्च प्रशंसा गरेका छन् ।
सामाजिक सञ्जालमा भट्टराईले भनेका छन्, ‘नेपाल सरकारले दिएको जिम्मेवारी पुरा गर्नेक्रममा नेपाल बायुसेवा निगमका चालक दलका केहि सदस्यमा कोरोना संक्रमण देखिएकोमा दुस्ख लागेको छ । सँकटकालीन अवस्थामा वहाँहरुले गर्नु भएको कामको उच्च प्रशंसा गर्दछु । वहाँहरुको सिघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।
वि.सं.२०७७ असार २२ सोमवार १७:०३ मा प्रकाशित






























