
२२ असार, काठमाण्डौं । नेपालका सातै प्रदेशमा हालसम्म १५,९६४ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार हालसम्म प्रदेश १ मा ७१० जना, प्रदेश २ मा ४,१८४ जना, बाग्मती प्रदेशमा ६३९ जना, गण्डकी प्रदेशमा १,१७५ जना, प्रदेश नम्बर ५ मा ३९८४ जना कर्णाली प्रदेशमा १,५८१ जना र सुदूरपश्चिम प्रदेशमा ३६९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
५०० भन्दा बढी रहेका जिल्ला
मन्त्रालयका अनुसार ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरुमा प्रदेश नम्बर २ का महोत्तरी र रौतहट, प्रदेश ५ को पाल्पा र सुदूरपश्चिम प्रदेशका अछाम, कैलाली र बाजुरा जिल्ला रहेका छन् ।