back
CTIZAN AD

बीमाको प्रिमियममा ढीलाई गरे मंगलबारदेखि ब्याज लाग्ने

वि.सं.२०७७ असार २२ सोमवार

1.3K 

shares

२२ असार, काठमाडौं । जीवन बीमा गर्नेहरुले प्रिमियम बुझाउन ढीला गरेको भए मंगलबार(असार २२ गते) देखी ब्याज लाग्ने भएको छ । बीमा समितिले कोरोना भाईरसको माहामारीको कारण गत चैत्र ११ गतेदेखि मुलुक लकडाउनमा गएपछि सो समयाबधीमा प्रिमियम बुझाउनु पर्ने बीमितहरुबाट ब्याज असुल नगर्न जीबन बीमा कम्पनीहरुलाई पटक पटक निर्देशन दिएको थियो ।

सरकारले यहि असार १ गतेबाट लकडाउन केहि खुकुलो बनाउने निर्णय गरेसंगै बीमा समितिले पनि प्रिमियममा ब्याज लिन बीमा कम्पनीहरुलाई परिपत्र गरेको थियो । जुन सोमबार सकिंदैछ ।

लकडाउन केहि खुकुलो हुनु एकदिन अघि गत जेठ ३२ गते जीवन बीमा कम्पनीहरुलाई परिपत्र जारी गर्दै बीमा समितिले असार १५ गतेसम्म बीमाको प्रिमियममा ब्याज नलिन निर्देशन दिएको थियो । सो समयाबधि सकिएकै दिन समितिले जीवन बीमा कम्पनीहरुलाई अर्को निर्देशन दिंदै त्यसको समयाबधि असार २२ गते पुर्याएको थियो सो समयाबधि पनि सोमबार सकिंदैछ । अब मंगलबारबाट बीमा गराएका बीमितहरुले तिर्नु पर्ने प्रिमियममा सबिकको झै ब्याज पनि तिर्नु पर्ने हुन्छ ।

वि.सं.२०७७ असार २२ सोमवार १७:२५ मा प्रकाशित

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

सेयर बजारमा दोहोरो अंकको गिरावट, २१३ कम्पनीको मूल्य घट्यो

काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

नेप्सेमा लगातार पाँच दिन ओरालो लाग्दा लगानीकर्ताको ५८ अर्ब रुपैयाँ स्वाहा !

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पछिल्ला १० दिनमा...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...