back
CTIZAN AD

चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाएको भारतले फेरि ४० वेभसाईटमाथि लगायो प्रतिबन्ध

वि.सं.२०७७ असार २२ सोमवार

909 

shares

काठमाडौं । चिनियाँ मोबाइल एप्समाथि प्रतिबन्ध लगाएको भारतले फेरि विभिन्न ४० वेभसाईटमाथि प्रतिबन्धको घोषणा गरेको छ । जि न्यूजले जनाएअनुसार भारतको गृहमन्त्रालयले विभिन्न ४० वेभसाईटमाथि आइतबारदेखि प्रतिबन्ध लगाएको हो ।

जनाइएअनुसार प्रतिबन्धत वेभसाईट प्रतिबन्धित संगठन सिख्स फर जस्टिससँग सम्बन्धित थिए । जनाइएअनुसार उक्त वेभसाईटहरुमा स्वतन्त्र खालिस्तान (पञ्जाब)को अभियानमा समर्थन गर्ने सामाग्रीहरु राखिएका छन् ।

सिख्स फर जस्टिसमाथि ५३ वर्षदेखि प्रतिबन्ध

सिख्स फर जस्टिस स्वतन्त्र खालिस्तान अर्थात पञ्जाबी देशको समर्थन गर्ने संगठनको नाम हो । सिख समुदायको बाहुल्य रहेको भारतको पञ्जाब क्षेत्रमा उक्त संगठनको प्रभाव रहँदै आएको छ ।

सन् १९६७ देखि भारतले उक्त संगठनमाथि प्रतिबन्ध लगाएको छ । प्रतिबन्धको १३ वर्षपश्चात सन् १९८० मा उक्त संगठनले पञ्जाबमा स्वतन्त्र पञ्जाबको माग गर्दै आन्दोलन गरेको थियो । जसलाई सैन्य परिचालन गरेर भारत सरकारले दमन गरेको थियो ।

भारत सरकारको चरम दमनपश्चात उक्त संगठनका नेताहरु विदेशमा रहँदै आएका छन् । हाल अमेरिका र क्यानडाबाट उक्त संगठनका गतिविधि हुने गर्दछन् ।

स्वतन्त्र पञ्जाबको लागि आन्दोलन गरिरहेको उक्त समुहले जनमत संग्रहको माग गर्दै आएको छ । उक्त समुहले विभिन्न सामाजिक सञ्जाल र वेभसाईटको माध्यमद्वारा आफ्नो अभियान चलाउँदै आएको छ । भारतले उक्त अभियानले आक्रामक रुप लिन सक्ने भन्दै वेभसाईटमाथि प्रतिबन्ध लगाएको हो ।

वि.सं.२०७७ असार २२ सोमवार १७:२९ मा प्रकाशित

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

हराएको तीन दिनपछि मृत भेटिए कपिलवस्तुका पूर्वमेयर किरण सिंह

बुटवल । कपिलवस्तु नगरपालिकाका पूर्वमेयर किरण सिंह तीन दिनदेखि हराइरहेको...

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

सबै समुदायको अधिकार सुनिश्चित गर्नुपर्नेमा संयोजक दाहालको जोड

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै...

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

नेपालमा रोकिएको तिब्बत अध्ययन सम्मेलन अब भर्चुअल

काठमाडौंमा आयोजना हुने तय भएको International Association for Tibetan Studies...

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

फेरि तीन लाख काट्यो सुनको मूल्यले, कति छ त प्रतितोला ?

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ...

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

नाईमा अटो एक्स्पोमा DONGFENG बस सार्वजनिक हुने

काठमाडाैँ । हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित...

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी

रसुवा । जिल्लाको प्रख्यात तीर्थस्थल गोसाइँकुण्डमा हरेक वर्ष जनैपूर्णिमाका दिन...