back
CTIZAN AD

फ्रान्सले हुवावेमाथि कडाई गरेपछि चीनद्वारा ‘निष्पक्षता’का लागि आग्रह

वि.सं.२०७७ असार २२ सोमवार

726 

shares

२२ असार । पेरिसले चिनियाँ दूरसञ्चार कम्पनी हुवावेको फाइभ–जी प्रविधि प्रयोग गर्ने दूरसञ्चार कम्पनीहरूको अनुमति पत्र प्रतिबन्धित गर्ने निर्णय गरेपछि चीनले फ्रान्सलाई आफ्ना कम्पनीहरूको लागि ‘उचित र निष्पक्ष’ वातावरणको ग्यारेन्टी गर्न फ्रान्ससँग आग्रह गरेको छ ।

संयुक्त राज्य अमेरिका र अष्ट्रेलियाले हुआवेलाई उनीहरूको फाइभ–जी नेटवर्कबाट प्रतिबन्ध लगाएको छ । त्यस्तै फाइनान्सियल टाइम्सका अनुसार बेलायतले यस महिनामा हुवावेका उपकरणहरू आफ्ना दूरसञ्चार प्रणालीबाट निकाल्ने सम्भावना रहेको छ ।

फ्रान्सको कम्प्युटर प्रणालीको सुरक्षाका लागि राष्ट्रिय निकायले सोमबार बताए अनुसार स्थानीय अपरेटरहरू एसएफआर र बोइगिज टेलिकम, जसले पहिले नै फाइभ–जी उपकरण प्रयोग गर्दैै आएका छन्, का लागि भने फाइभ–जी प्रविधि सञ्चालन गर्न आठ बर्षे इजाजतपत्र जारी गरिनेछ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले सोमबार नियमित पत्रकार भेटमा भने, “फ्रान्सले “निश्चित उद्देश्य र निष्पक्ष दृष्टिकोण राख्नेछ र बजार तथा उद्यमहरुलाई उसको आफ्नै हितका लागि छनौट गर्न सहयोग पु¥याउनेमा बेइजिङ विश्वस्त रहेको छ ।”

उनले फ्रान्सलाई चिनियाँ उद्यमहरू लगायत सबै देशका उद्यमहरुलाई खुला, निष्पक्ष, न्यायसङ्गत र गैर भेदभावपूर्ण व्यवसायीक वातावरण प्रदान गर्न व्यावहारिक कदम चाल्न आग्रह गरे ।

हुवावेले यूरोपमा खासगरी मुख्यतया स्विडेनको एरिक्सन र फिनल्याण्डको नोकियासँग प्रतिस्पर्धा गर्दै फाइफ–जी प्रविधिका क्षेत्रमा अरबौँ डलर लगानी गरेको छ ।

तर संयुक्त राज्यले चिन्ता व्यक्त गरेको छ कि कम्पनीको प्रविधि चीनले अन्य देशहरूमा ‘ट्रोजन हर्स’को रूपमा प्रयोग गर्न सक्ने भन्दै यस प्रविधिलाई प्रयोग नगर्न आफ्ना सहयोगी राष्ट्रहरूसँग आग्रह गर्दै आएको छ ।

वि.सं.२०७७ असार २२ सोमवार १९:४८ मा प्रकाशित

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनमा एआई उद्योग विस्तार हुँदै

चीनले स्थानीय आवश्यकता र स्रोतसाधनअनुसार कृत्रिम बौद्धिकता (एआई) उद्योगको विकास...

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

इन्डोनेसिया भूकम्पः मृतक सङ्ख्या ४७ पुग्यो, खोजी तथा उद्धार जारी, नेपाल सरकारले पठायो सहानुभूति 

  इन्डोनेसियाको पूर्वी क्षेत्रमा शक्तिशाली भूकम्प गएको भोलिपल्ट आइतबार उद्धारकर्ताहरूले...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...