back
CTIZAN AD

पार्टी एकतालाई जोगाउन आपसी सहमति कायम गर्नुपर्नेमा जोड

वि.सं.२०७७ असार २२ सोमवार

726 

shares

२२ असार, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेताहरुले पार्टीभित्रको आन्तरिक विवाद र कलह आपसी समझदारीमा हल गर्नुको विकल्प नभएको बताएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा स्थायी कमिटी सदस्य गणेश साहले पार्टी एकतालाई जोगाउनका लागि पनि नेताहरुले आपसी सहमति कायम गर्नुपर्नेमा जोड दिएका हुन् ।

उनले भने, “अहिलेको समस्या हल गर्नका लागि एक व्यक्ति एक पदमा जानैपर्ने हुन्छ, पार्टीभित्रको आन्तरिक विवादका बारेमा पूरा देश र जनतामा चासो र चिन्ता देखिएको छ, सहमतिमा विवाद समाधान गर्न नेताहरुले प्रयत्न गर्नुपर्छ ।”

पूर्वमन्त्री शाहले पछिल्लो समय विवाद समाधानका लागि भइरहेको दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको वार्ता सकारात्मक रहेको उल्लेख गर्दै अध्यक्षद्वयबीचको वार्ताले आपसी मनमुटाब कम गर्न सहयोग पुगेको बताए । सरकार र पार्टी दुवैलाई प्रभावकारी रुपमा सञ्चालन गर्न पार्टीभित्रैबाट शक्तिशाली उच्चस्तरीय संयन्त्र बनाउनुपर्ने उनको भनाइ छ ।

अर्का स्थायी कमिटी सदस्य एनके प्रसाईले भने “अहिले पार्टी फुटाउने काम कसैले पनि गर्नुहुँदैन, दुनियाँ जगत्लाई हसाउनु हुँदैन ।” उनले स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग गर्ने एजेण्डा नभएको तर प्रधानमन्त्रीले मदन जयन्तीमा आफूलाई भारतले हटाउन खोजेको र भारतको उक्त खेलमा नेकपाका नेताहरुको सहभागिता रहेको भनेर दिएको अभिव्यक्तिका कारण नेताहरुले राजीनामा मागेको स्पष्ट पारे । पार्टी एकताका क्रममा गरिएको पाँचबुँदे सहमति पालना गर्नुपर्ने उनको भनाइ छ ।

वि.सं.२०७७ असार २२ सोमवार २०:०२ मा प्रकाशित

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी पाँच प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।...

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

विमानस्थलबाट गाँजासहित आठ विदेशी नागरिक पक्राउ

काठमाडौँ ।  नेपाल प्रहरीले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट करिब ४० किलोग्राम...

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

कानुनको प्रभाव र उपलब्धि मूल्याङ्कनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड

काठमाडौँ । राष्ट्रियसभाअन्र्तगतको विधायन व्यवस्थापन समितिका सभापति कृष्णबहादुर रोकायले सङ्घ,...

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

राजनीतिक नियुक्ति समानुपातिक समावेशी प्रतिनिधित्वका आधारमा हुनुपर्ने

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले सरकारले गर्ने राजनीतिक नियुक्ति समानुपातिक समावेशी...

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले गत...

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

इन्डोर सुपर लिग सिजन–२ को टोली जनकपुर किंग्सको मुख्य प्रायोजक

काठमाडौं । इन्डोर सुपर लिग सिजन–२ को फ्रेन्चाइज टोली जनकपुर...