
कोभिड १९ को जटिल समयमा देश तथा विदेशमा दिन प्रतिदिन बढ्दैं गईरहेको आत्महत्या जÞस्तो भयानक समस्याले हरेक उमेरका ब्यक्ति विशेषहरुको मानसिकतामा कसरी प्रभाव पार्छ ? यसबाट बच्न के कस्तो रुपमा उपचार हुनुपर्छ आदि इत्यादि प्रश्न तथा जिज्ञासाहरु बारे नेपालका वरिष्ठ मनोरोग बिशेषज्ञ डाक्टरहरुको परामर्शको लागी नेपालबाट प्रसिद्ध नसा तथा मानसिक रोग विशेषज्ञ डा. प्रभाकर पोख्रेल, डा. निशिता पाठक, डा. रितेश थापा साथै मानसिक रोग मनोविद्द्वय डा.अनुपराज भण्डारी र डा.तृष्णा क्षेत्रीको उपस्थिति रहेको थियो । साथै कोरोनालाई पराजित गर्न सफल भएका पत्रकार महासंघ कतार शाखाका अध्यक्ष करीम बक्स मियाज्यूँको अनुभव र अनुभूतिले कार्यक्रमलाई थप सहज बनाएको थियो ।
एनआरएनए आइसीसीका सचिव आर .के शर्मा, मध्यपूर्व यूवा संयोजक राज रेग्मी, मध्यपूर्वका एनसीसी अध्यक्षहरु मध्ये कतारबाट मोहम्मद मुक्तादा मुसलमान, साउदीबाट तेज बहादुर थापा र मलेशियाबाट हरि भट्टराईको प्रत्यक्ष सहभागिता रहेको थियो भने कÞतारमा रहेका डा. नितेश अर्यालको संयोजकत्वमा डाक्टर संजीब सापकोटा र भाई दीपजंग शाहको विशेष सहजीकरणमा दीपसंचार मीडिया मार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।
हाम्रो नेपाली समाजमा यस कोरोनाको कहरबीच संक्रमित भएर वा अन्य बिबिध समस्याका कारणले विकराल रूप लिईरहेको आत्महत्याजÞस्तो अत्यन्त जटिल समस्यालाई निर्मुल पार्न केहि हदसम्मको सचेतना फैलाऊनू मुख्यरुपमा यस कार्यक्रमको उद्देश्य पनि रहेको थियो ।
कोरोनाको कहरले बिश्वलाई नै आक्रांत पारेर आर्थिक, समाजिक राजनीतिक तथा बिभिन्न क्षेत्रलाई सिथिल बनाईरहेको अवस्थामा यसको प्रकोपले हाम्रो घर परिवार र सिंगो समाजमा नै नकारात्मक तथा मानसिक असर पारिरहेको देखिन्छ । कोरोना महामारीका कारण आर्थिक कारोबार अन्तर्गतका व्यापार-व्यवसाय ठप्प हुँदा, कोरोना संक्रमितलाई घरपरिवार तथा समाजले गर्ने दुव्र्यवहार तथा हीन ब्यवहारका कारण, प्रेमी–प्रेमिका बिच तनाव हँदा, श्रीमान-श्रीमती बिच आपसी तालमेल नमिलेका कारण, घरेलु हिंसाका कारण, अनैतिक सम्बन्धका कारण, वैदेशिक रोजगारका क्रममा घरपरिवारदेखी टाढा हुँदा आइपरेका उतार-चढ़ावका कारण, रोजÞगारी गुमेका कारण, परीवारबीच सामान्य मनमुटाव, शारीरिक दुर्बलता, आफन्तको मृत्यु या बियोग पर्नु, मनमा सधै नकारात्मक सोच आइरहनु, समाजिक संजालमा निरन्तर आइरहेका दुःखद घटनाका समाचारहरुका कारण, सामान्य कुरामा अनावश्यक चिन्ता लिनु, सामाजमा जातिय विभेदका कारणले पीडा महसस गर्दा, जीवनसाथीको बलियो साथ नपाउँदा, पढ़ाईमा चाहेजस्तो परिणाम नआउँदा दीर्घरोगले गर्दा बाँच्ने रहर नहुने, ऋण व्यवहार जस्ता अन्य बिबिध कारणहरुले गर्दा यसको प्रत्यक्ष असर व्यक्तिको मानसिकतामा पर्ने हुँदा त्यस्ता ब्यक्तिहरु केहि सकारात्मक सोच्न नसक्ने अवस्थामा निराशाको चरम उत्कर्षमा पुगी आत्महत्या गरी आफ्नो अमूल्य जीवन नै अनाहकमा गुमाऊन पुगेको देखिन्छ । जून प्रकारका घटनाहरु अहिले दैनिक जस्तो समाचार बनेर आइरहेको छ । जस्ले गर्दा आत्महत्या गर्ने व्यक्तिहरुको संख्या दिन प्रतिदिन बढ्दो स्थितिमा पुगेको देखिन्छ ।
जब कुनै पनि घर परिवारका सदस्य वा समाजमा रहेका अन्य निकटका व्यक्ति हरुको दैनिकी, बोलि ब्यवहार, उसले गर्ने/देखाउने हाऊभाऊ, कुराकनीमा असमान्यता, सास र्फेर्न नसक्नुको समस्या, अनिद्राको समस्या देखापर्नु, बिना औषधि निद्रा नलाग्नु, एक्लै बस्न रुचाऊनु, रमाइलो समयमा पनि खुसी हुन नसक्नु आदि जस्तों आचरण देखापरेमा त्यों व्यक्तिमा कहिकतै कुनै न कुनै समस्या छ जून उसले खुलेर भन्न या गर्न सकेको छैन भन्ने विषयमा घरपरिवारले बूझ्नू वा मनन गर्नू अति आवश्यक छ ।
यदि घरपरिवारका कुनै व्यक्तिमा यसप्रकारको समस्या देखिएमा परिवारका अन्य सदस्यले उक्त ब्यक्तिलाई आत्मीय माया अनि नम्र बोली ब्यवहारका साथ सम्झाऊनु, बूझ्नू अति आवश्यक छ । त्यस्ता मानसिक रूपमा बिक्षिप्त रहेका ब्यक्तिलाई पारिवारिक सहयोग, सहानुभूति दिँदै उनीहरुका समस्या त केहि पनि होईन आफुले पाएको अमुल्य जीवन सुखमय रूपले जीउनुपर्छ भन्ने जीवनका अन्य सुनौलो दिनहरुको आभास गराऊदैं त्यस्ता व्यक्तिको समस्यालाई पहिचान गरि उस्को आत्मबिश्वास बढाउनु, राम्रो हेरबिचार गर्नु तथा उसको दैनिकीमा परिवर्तन गराउन योग, धार्मिक, अध्यात्मीक तथा शारीरिक व्यायाममार्फत् तनावमुक्त दिमागÞ, सकारात्मक सोचको विकास अन्तर्गत प्राथमिक चरणमा घरबाटै राम्रो पारिवारिक वातावरणको शुरूवात गर्नुपर्छ ।
यी कार्य गर्दा पनि व्यक्तिको आनिवानीमा परिवर्तन नआएमा त्यस्ता ब्यक्तिहरुअझ बढी डिप्रेशनमा जानसक्ने र गलत कदम उठाउन पनि पछि नपर्ने हुनाले त्यस अगावै दक्ष तथा लाईसेंस प्राप्त वरिष्ठ मनोरोग बिशेषज्ञ, मनोविद्, मनोवैज्ञानिको मनोपरामर्श लिनुपर्छ उनीहरुको परामर्श अनुरूप रोगको पहिचान गरी उपचार पद्धति तत्काल शुरू गर्नुपर्दछ ।
अन्त्यमा, आत्महत्याको घटना निर्मुल पार्नू ब्यक्ति स्वयं उसको घरपरिवार समाज तथा राज्य सबैको समान कर्तव्य र दायित्व हुन्छ । जसबारे सबै पक्ष सहज र सतर्क रही भवितव्य घटनाबाट बाचौ र बचाऊ भन्ने आग्रह गर्दछु ।
लेखक, सैयद, एनआरएनए आइसीसी सदस्य तथा
मेडिकल हेल्थ टिमकी सदस्य हुन्