
काठमाडौं । मन्त्रिपरिषदको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा केहि बेर अघि सुरु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिएका छन् ।
आजको बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षक (आईजीपी)को नियुक्तीको तयारी गरेको छ । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले बुधबारदेखि अवकाश पाउन लागेकाले सरकारले नयाँ महानिरीक्षक नियुक्त गर्न लागेको हो ।
हाल आईजीपीको दौडमा एआईजीद्वय शैलेश थापा क्षेत्री र हरि पाल छन् । गृहमन्त्रालयले आईजीपीमा कसलाई नियुक्ति गर्नेबारे प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्दैछ ।