back
CTIZAN AD

कोरोना संक्रमणविरुद्ध मुगुको पूर्वतयारी, ११२ प्रारम्भिक आइसोलेशन निर्माण

वि.सं.२०७७ असार २५ बिहीवार

846 

shares

२५ असार, मुगु । जिल्लाका चारवटै स्थानीयतहमा कोरोना संक्रमित ब्यक्तिलाई राख्न सुबिधायुक्त प्रारम्भिक आइसोलेसन तयार गरिएको छ ।
देशभर कोरोना महामारीको संख्या बृद्धि भई रहेको अबस्थामा अप्ठेरो नहोस् भन्ने हिसावले सोरु, खत्याड, मुगुम कार्मारोङ गाउँपालिका र छायाँनाथ रारा नगरपालिकामा १ सय १२ बेडको प्रारम्भिक आइसोलेसन तयार गरिएको प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी गराए ।
आइसोलेसन निर्माण जुटने ब्यक्ति सहयोगी निकायलाई प्रजिअले धन्यबाद समेत दिएका छन् ।

छायाँनाथ रारा नगरपालिकाको नबनिर्मित कारागार भवनमा ५७ बेड, सोरु गाउँपालिकाको जनज्योति माध्यमिक बिद्यालय नार्थपुमा २० बेड, खत्याड गाउँपालिकामा २० बेड र मुगुम कार्मारोङ गाउँपालिकाको पूलुमा १५ बेड गरि १ सय १२ बेडको प्रारम्भिक आइसोलेसन तयारी अबस्थामा राखिएको छ ।
आइसोलेसन निर्माणमा सम्बन्धित स्थानीयतह, युएमएन कलष्टर मुगु र रेडक्रस शाखा मुगु, हेरिस्डेक संस्थाले आबश्यक समान सहयोग गरेको पाइएको छ ।

मुगुमा कोरोना संक्रमित ब्यक्तिको संख्या शून्य भएपनि पछि संक्रमण फैलिएको खण्डमा जटिल समस्या उत्पन्न नहोस् भन्ने हिसावले चारवटै स्थानीयतहमा सुबिधायुक्त आइसोलेसन तयारी गरिएको छ ।

संकट उत्पन्न नहोस् भनेर पूर्वतयारी गरेका हौं
जयबहादुर मल्ल, सभापति रेडक्रस
हिमाली जिल्ला मुगुमा कोरोना संक्रमण देखा नपरेको भएपनि यदी फैलिएको खण्डमा संकट उत्पन्न नहोस भन्ने हिसावले चारवटै स्थानीयतहमा सुबिधायुक्त प्रारम्भिक आइसोलेसन निर्माण गरिएको छ । उक्त आइसोलेसनमा कोरोना रोग देखा परेका प्रथम चरणका बिरामी राखिने छ । रेडक्रसको संयोजकत्वमा आइसोलेसन व्यवस्थापन समिति गठन गरिएको छ ।

बिपत्त ब्यवस्थापन कोषको रकमबाट आइसोलेसन निर्माणमा जम्मा २७ हजार मात्र खर्च भएको छ अरु सबै कर्मचारी संघ संस्थाले जनश्रमदान तथा समाग्री सहयोग प्रदान गरेका हुन् । निर्माण गरिएका आइसोलेसन सुबिधायुक्त छन् । कोरोना महामारीलाई लक्षित गरी एम्बुलेन्स खरिद गर्ने भन्ने जिल्ला बिपत्त ब्यवस्थापन समितिले निर्णय समेत गरेको छ ।

सामग्री दुरुपयोग नहोस्
नेत्रबहादुर शाही,
युएमएन कलस्टर मुगुका कार्यक्रम व्यवस्थापक

खत्याड गाउँपालिका बाहेक छायाँनाथ रारा नगरपालिका सोरु र मुगुम कार्मारोङ गाउँपालिकामा प्रारम्भिक आइसोलेसनलाई चाहिने समान उपलब्ध गराए बापत हाम्रो यस संस्थाबाट २ लाख ५८ हजार बजेट खर्च भएको छ । यसमा ढुवानी रकम जोडिएको छैन । कम्मल, डसना, सिरानी, डिफर्म, ड्रम, सेनिटाइजर, माक्स, बाटा बाल्टीन, कचौरा, गिलास, चप्पल, साबुन, लगायत समाग्रीहरु आइसोलेसनलाई हस्तान्तरण गरेका छन् । सोरु गाउँपालिकाको नार्थपुमा रहेको प्रारम्भिक आइसोलेसनलाई उज्यालोको निम्ति शौर्यपाता समेत दिएका छौ । हामीले उपलब्ध गराएका समाग्री दुरुपयोग नहोस् र सही सदुपयोग होस भन्न चाहन्छौ ।


आइसोलेसनका १ सय १२ बेड खाली
मुगुमा कोरोना संक्रमित नहुँदा प्रारम्भिक आइसोलेसनका सबै बेड अहिले खाली अबस्थामा नै छन् । अन्य जिल्लामा कोरोना संक्रमण देखा पर्दै गएपनि मुगुमा भने शून्य देखिएको जिल्ला स्वास्थ्य सेवाले जनाएको छ ।

माक्स नलगाई ओहोर दोहोर
कोरोना महामारीलाई लक्षित गरि गृहमन्त्रालयले सर्बसाधारण कर्मचारी सुरक्षाकर्मीलाई अनिबार्य माक्स प्रयोग गर्न र गराउन सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई निर्देशन जारी गरेको छ । तर मुगुमा अधिकांस स्थानीय कर्मचारीले माक्स नलगाई कामकाज र बजार क्षेत्रमा ओहोर दोहोर गरेको पाइन्छ ।

‘मुगुमा कोरोना छैन’ भनेर हेलचेक्रयाई गर्ने गरेको पाइएको छ । बिना माक्स ओहोर–दोहोर गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने आकंलन गरिएको छ ।

वि.सं.२०७७ असार २५ बिहीवार १५:३८ मा प्रकाशित

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

बढ्दै छ ‘डेटा सेन्टर’मा लगानी, क्षेत्रीय ‘हब’ बन्न सक्ला त नेपाल ?

काठमाडौँ । गणितज्ञ तथा डेटा (तथ्याङ्क) वैज्ञानिक क्लाइभ हम्बीले सन्...

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

कक्षा ११ को पठनपाठन आगामी असार १ देखि

काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन...

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

२१ औं शताब्दीमा साइबर सुरक्षा र एआई अब ऐच्छिक होइन, बाँच्नका लागि अनिवार्य सीप

काठमाडौं। नेपालको सूचना प्रविधि क्षेत्रमा दक्ष जनशक्तिको अभावलाई सम्बोधन गर्दै...

छयासी वटा एम्बुलेन्स अद्यावधिक

छयासी वटा एम्बुलेन्स अद्यावधिक

चितवन । जिल्लामा रहेका एम्बुलेन्सहरूमध्ये ८६ वटाले मात्रै अद्यावधिक गरेका...