वलिउड अभिनेता शुसान्त सिंहको आत्महत्यासँगै वलिउडमात्रै नभएर नेपाली मनोरन्जन क्षेत्रमा पनि यसले व्यापक चर्चा पाएको छ ।
यसअघि नेपाली नायिका वर्षा शिवाकोटीले नेपाली फिल्म क्षेत्रमा पनि नातावाद र कृपावाद भएको र त्यसको शिकार आफू पनि भएको अभिव्यक्ति दिएकी थिइन् ।
त्यसैगरी सांगितीक क्षेत्रबाट पनि ज्योति मगरले विहिबार यस्तै लेखेकी छन् । केही न केही गरेर अथवा बोलेर हरबखत सामाजिक संजाल तथा नेपाली मिडियामा चर्चामा आइरहने ज्योतिले सुशान्त सिंहको आत्महत्याकै कुरामा आफ्ना भनाई राख्दै आफू पनि यस्ता कुराले ५-७ वर्षदेखि सुत्न नसकेको बताएकी छन् ।
केही बोलि हालेमा सिल्पा पोखरेलेको कानको जाली जस्तै फेसबुकमा मजाक गर्ने बाटो मात्रै बन्यो भने, भन्ने प्रश्न राख्दै उनले भनेकी छन्, ‘भारतका कुशल अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्या पश्चात विभिन्न सामाजिक संजालमा धेरैले भन्नु भयो, ‘केही समस्या छन् भने प्लीज मलाई भन्, हामी तिमीसँगै छौ ।’
मगरले आफूलाई पनि यस्ता कुरा धेरै भन्न मन भएको तथा धेरै समस्याहरु समाधान नभइसकेको अवस्थामा भन्न नसकेको बताएकी छन् ।
‘कति समस्याहरु सामाधान हुनुको साटो झन ठूलो समस्याह आए भने ?, सायद मेरो निद्रासँगै अझै सम्झौता गर्नुपर्दछ होला,’ सामाजिक संजाल फेसबुकमा लेख्दै उनले भनेकी छन्, ‘प्यारा प्यारा दिदि बहिनीहरु तपाईहरु पनि म जस्तै निद्रासँग सम्झौता गर्नु भएको छ भने आउनुहोस् मेरो इनबक्समा केही दुःख सुखको कुरा गरौ, भन्न नसकेका कुराहरु एकअर्कासँग साटेर बेस्सरी आँशु झारौ ।’
वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा
वि.सं.२०७७ असार २५ बिहीवार १५:१० मा प्रकाशित






























