Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा



वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी मत आइरहेका छन् । एकथरी भन्छन् अभिनेता राजपुत कमजोर मानसिकता भएकाले आत्महत्या गरेको भनेका छन् भने एकथरीले फिल्म इण्डिष्ट्रजमा साना कलाकारमाथि ठूला र नाम कमाएकाहरुले गर्ने भेदभावका कारण नै व्यक्ति निराश बन्ने गरेको र आत्महत्या सम्मका कदम उठाउने गरेको बताउँछन् ।

भारतमा सुशान्त राजपुतले आत्महत्या गरेसँगै नेपालका फिल्मी उद्योगमा पनि यो कुराले जर्वजस्त प्रवेश पाएको छ । नेपाली अभिनेत्रीहरु पनि यसका बारेमा बोल्न थालेका छन् । यसै विषयलाई लिएर अभिनेत्री वर्षा सिकाकोटीले आफू पनि डिप्रेशनमा परेको बताएकी छन् ।
मंगलबार सामाजिक संजाल फेसबुकमा उनले उक्त कुरा लेख्दै फिल्म क्षेत्रमा नातावाद (नेपोटिजम), कृपावाद, समुहवाद, गुटबन्दी फस्टाएको बताएकी छन् ।

यस्ता कुरामा सत्य बोल्ने आँट कमैको हुने बताएकी अभिनेत्री सिवाकोटीले भनेकी छन्, ‘सत्य बोल्ने आँट कमै को छ । किन कि यस्ता अभिव्यक्तिले भोलिका दिनमा करिअरमा असर पर्न सक्छ, कामको अभाव हुन सक्छ । गत बर्ष यो बिषयमा फेसबुक स्टाटसमार्फत मैले नि हल्का कुरा उठाएकी थिएँ । त्यसपछी यसबारेमा कोही बोलेको सुनिएन, देखिएन पनि । हालै घटित बलिउड घटनाले यहाँ पनि यो बिषयमा चासो बढेको देखें..’ उनले भनेकी छन् ।

उनले अगाडि भनेकी छिन्, ‘केहीले आवाज नि उठाउनु भयो, जुन कुरामा म पनि सहमत छु ! तर यति भन्दै गर्दा र आजको दिनसम्म यो ठाउँमा आइपुग्दा यो बिषयले मात्र फिल्म क्षेत्र रुमल्लिएको छैन । यहाँ अरु थुप्रै अवस्था छन्, जुन कुरामा ध्यान दिन पनि जरुरी छ ।’

फिल्म क्षेत्रमा देखिने नातावाद (नेपोटिजम), कृपावाद,समुहवाद, गुटबन्दी फस्टाएको र त्यसको पीडित आफू पनि भएको उनले लेखेकी छन् ।
‘यहां नामका कारण पाइलै पिच्छे तुलना हुन्छ । मैले जति नै राम्रो, फरक काम गरे पनि प्रश्न उठाइन्छ । यी कुराले कति ठाउँमा मलाई मानसिक पीडा भएको मेरा नजिकका केही बाहेक कसैलाइ थाह छैन,’ उनले भनेकी छन्, ‘केही समय अघि म पनि डिप्रेशनमा थिएँ । यहाँ त यतिसम्म कि, इन्स्टा र फेसबुक फलोअरको आधारमा समेत केहीले मेरो कामको मूल्यांकन गर्ने गरेका छन् ।’

वर्षाले भनेकी छन्,
‘जस्को धेरै फलोअर्स त्यसलाई बढि पहुँच हुन्छ कामको । जसको धेरै युट्युवमा इन्टरभ्यु आउछ, उ हिट कलाकार कहल्याइन्छ । यी सबैको सामना गरेर पनि आफ्नो इथिक्स कायमै राखि अगाडि बड्ने प्रयासमा जोड दिन जरुरी छ । स्टार किड भन्दै गर्दा उहाँहरुको कामको मूल्यांकन हजुरहरुले नै गर्नु भएको छ । को अब्बल, को कम्जोर, ठम्याउने जिम्मा हजुरहरु कै हो । नातावादले कहिलेसम्म धान्ला र ? ब्त तजभ भलम।। हामी सबैलाई राम्रो काम गर्ने कलाकारको महत्व थाह भइ नै हाल्छ । मेरो पछिल्लो अभिब्यक्ति पश्चात मैले अब इण्डष्ट्रीमा काम नै नपाउने हल्ला थियो तर यो लकडाउन नभएको भए मैले साइन गरेका कति फिल्म समय दिन नसकेर छोड्नु पर्ने अवस्था थियो ।

तपाईं कुनै काम गर्नु हुन्छ भने पूर्ण मिहिनेत, बिश्वास र समर्पणका साथ गर्नुस् की, जहाँ कुनै बादले छुन पनि नसकोस् । तपाईं प्रतिभा सम्पन्न, लगनशील र आत्मबिश्वासी हुनुहुन्छ भने एकदिन अवश्य तपाईको मिहीनेतले कदर पाउने छ । हत्केलाले सूर्यलाई छेकेर छेकीन्छ र ?’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा