back
CTIZAN AD

सुशांतको आत्महत्यालाई लिएर करण जोहर, सलमान खानविरुद्ध मुद्धा दर्ता

वि.सं.२०७७ असार ३ बुधवार

735 

shares

३ असार, नयाँ दिल्ली भारत । अभिनेता सुशांत सिंह राजपूतको मृत्युपछि निर्माता–निर्देशक करण जोहर, संजय लीला भन्साली, एकता कपूर र अभिनेता सलमान खान लगायत आठ व्यक्ति विरुद्ध मुद्धा दर्ता गरिएको छ ।

भारतीय संचारमाध्यम अमरउज्यालाका अनुसार केही बलिउड स्टार र व्यक्तिले फिल्म उद्योगले गरेको शोषण र विभेदका कारण सुशांतले आत्महत्या गरेको भन्दै टिकाटिप्पणी गरेपछि उनीहरुविरुद्ध मुद्धा दर्ता गरिएको हो । सुशांतलाई आत्महत्या गर्न उक्साएको आरोप पनि उनीहरुको छ ।

करण जोहर, संजय लीला भन्साली, एकता कपूर र सलमान खान लगायत आठ व्यक्तिको विरूद्ध बिहारमा मुद्दा दर्ता गरिएको हो । अधिवक्ता सुधीर ओझाले मुजफ्फरपुर अदालतमा आईपीसीको धारा ३०६, १०९, ५०४ र ५०६ अन्तर्गत मुद्दा दर्ता गरेका छन् ।
पोस्टमार्टम रिपोर्टमा सुशांत सिंह राजपूत गम्भीर उदासिनताबाट गुज्रिरहेको उल्लेख छ ।

सुशांत सिंह राजपूतले गत आइतवार उनको मुम्बईको घरमा झुण्डिएर आत्महत्या गरेका थिए ।

वि.सं.२०७७ असार ३ बुधवार १३:४५ मा प्रकाशित

म्याग्दीको सुन्दर गाउँ गुर्जामा  पहिलोपटक चलचित्र छायाङ्कन

म्याग्दीको सुन्दर गाउँ गुर्जामा पहिलोपटक चलचित्र छायाङ्कन

बेनी (म्याग्दी) । धवलागिरि गाउँपालिका–१ गुर्जामा पहिलोपटक चलचित्रको छायाङ्कन गरिएको...

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

‘गुरु आमा’ हेर्ने दर्शकले भरिए काठमाडौँका सिनेमाहल, चर्चित कलाकारका फिल्म फिक्का

  काठमाडौं । नेपाली चलचित्र बजारमा यसपटक अनपेक्षित रूपमा चलचित्र...

‘लालीबजार’ प्रदर्शनमा

‘लालीबजार’ प्रदर्शनमा

काठमाडौँ । चलचित्र ‘लालीबजार’ आजदेखि प्रदर्शनमा आएको छ । उच्च...

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

‘गुरु आमा’को भावुक ट्रेलर सार्वजनिक, दर्शकको मन छुने संकेत

काठमाडौं । शिक्षक–विद्यार्थी सम्बन्धको भावनात्मक कथावस्तु समेटिएको नेपाली चलचित्र गुरु...

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

‘गुरु आमा’ को ट्रेलर सार्वजनिक हुँदै

काठमाडौं । नेपाली चलचित्र ‘गुरु आमा’ को ट्रेलर सार्वजनिक गरिने...

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

‘गूरु आमा’को टाइटल गीत ‘मन मान्दै मानेन’ सार्वजनिक

काठमाडौं । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...