२६ असार, काठमाडौँ । अमेरीकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ लाख नाघेको छ ।
बिहिबार बेलुका सम्मको रिर्पोट अनुसार अमेरीकामा कोरोना संक्रमितको संख्या ३२ लाख १९ हजार ९ सय ९९ रहेको छ । अमेरीकामा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या भने १ लाख ३५ हजार ८ सय २२ रहेको छ।
पछिल्लो २४ घण्टामा अमेरीकामा ६१ हजार ६७ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९ सय ६० जनाको मृत्यु भएको छ ।