
२६ असार, काठमाण्डौं । आज देशैभरीका विभिन्न जिल्लामा चट्याङसहित वर्षा हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको बताउँदै सावधानी अपनाउन समेत अनुरोध गरेको छ ।
त्यसैगरी आज राति पनि प्रदेश १, प्रदेश २, बाग्मती प्रदेश र गण्डकी केही स्थान र प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका एक÷दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि विभागले जानकारी दिएको छ ।
‘देशका धेरैजसो स्थानहरुमा मेघगर्जन\चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना र सबै प्रदेशका थोरै स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको हुँदा उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल\पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।’ विभागले भनेको छ ।
पोखरामा पहिरोमा परी चारको मृत्यु, नौ घाइते, म्याग्दीमा ७ बेपत्ता