back
CTIZAN AD

उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयको अनुरोध

वि.सं.२०७७ असार २६ शुक्रवार

840 

shares

२६ असार, काभ्रेपलाञ्चोक । गत बुधबार रातिदेखि अविरल वर्षा भइरहेकाले सम्भावित घटनाबाट जोगिन जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले सतर्क रहन आग्रह गरेको छ । गत बुधबार जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले बिहीबारदेखि लगातार वर्षा हुने मौसमी प्रक्षेपण गरेपछि कार्यालयले जिल्लावासीमा सतर्क रहन आग्रह गरेको हो ।

कार्यालयले सार्वजनिक सूचनामार्फत अपिल गर्दै जिल्लाका स्थानीय तथा सरोकारवाला निकायलाई बिहीबारदेखि मनसुन सक्रिय रहेकाले यसबाट भू–क्षय हुने, बाढी–पहिरो जाने, सडक यातायात अवरुद्ध हुनेसक्ने तथा ढल निकास व्यवस्थित नभएको स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन आग्रह गरिएको हो । मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना–२०७७ अनुरुप सबै सरोकारवाला निकायमा आवश्यक समन्वय गरी विपद् जोखिम न्यूनीकरण कार्यमा उच्च सतर्कता अपनाउन स्थानीय तहलगायत सरोकारवाला निकायलाई अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सिनाले बताए ।

स्थानीय तह एवं सरोकारवाला निकायले पूर्वतयारीस्वरुप गरिएको कार्यको जानकारीसमेत मागिएको तिमल्सिनाले बताए । काभ्रेपलाञ्चोकमा छ नगर र सात गाउँपालिका छन् । काभ्रेपलाञ्चोक भएर चार ठूला नदी सुनकोशी, इन्द्रावती, रोशी र वाग्मती बगेका छन् । देशका विभिन्न स्थानमा वर्षाका कारण घटना भइरहेकाले पनि जिल्लाका बासिन्दामा उच्च सतर्कता अपनाउन आग्रह गरिएको हो ।

जिल्ला हुँदै बग्ने ठूला नदीमा बिहीबरदेखि बहाव बढिरहेकाले नदी किनार क्षेत्रका बस्ती उच्च जोखिममा पर्ने हुँदा विशेष सतर्क रहन स्थानीय प्रशासनल आग्रह गरेको हो । “विशेष गरी ठूला नदी छेउछाउका बस्तीलाई विशेष निगरानी गर्नुपर्ने देखिएको छ, उच्च सतर्क रहन पनि आग्रहगरेका छौँ”, तिमल्सिनाले भने । जिल्लाका स–साना खोला, खहरेखोला तथा खोल्सीमासमेत बाढी आइरहेका छन् ।

छिमेकी जिल्ला सिन्धुपाल्चोकमा बुधबार रातिको अविरल वर्षाका कारण बाढी–पहिरोले बाह्रबिसे नगरपालिका–५ गातीस्थित जम्बू बजार र खागदल बस्ती तथा भोटकोशी गाउँपालिका–५ को बुल्कोटीका ३६ घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो । २० अझै वेपत्ता रहेका छन् भने सात घाइते भएका थिए । गम्भीर घाइते पाँचलाई हेलिकप्टरद्वारा उद्धार गरी उपचारार्थ काठमाडौँ लगिएको छ । बेपत्ताको बिहीबार बिहानैदेखि नेपाली सेना, सशस्त्र प्रहरी, जनपद प्रहरी तथा स्थानीयको सहयोगमा खोजीकार्य भइरहेको सिन्धुपाल्चोक जिल्ला प्रशासन कार्यालय चौताराले जनाएको छ ।

वि.सं.२०७७ असार २६ शुक्रवार ०९:५० मा प्रकाशित

जनज्योति माविमा  “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

जनज्योति माविमा “नबिल स्वच्छ खानेपानी अभियान” अन्तर्गत सचेतना तालिम सम्पन्न

काठमाडौँ । नवलपरासीको देवचुली नगरपालिका–१५ प्रगतिनगरस्थि श्री जनज्योति माध्यमिक विद्यालयमा...

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

तीन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकबाट तीनवटा विधेयकमाथि विचार गरियोस् भन्ने...

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

अर्थमन्त्री डा वाग्लेलाई दिए आठ पूर्वअर्थमन्त्रीले यस्तो सुझाव

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आठ पूर्वअर्थमन्त्रीसँग भेट गरी...

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

अर्जुनचौपारी गाउँपालिकाले भन्यो: तपाईंको पार्टीमा आस्था राख्ने शिक्षकहरूको नाम पठाउनु, घरमै बसेर तलब खुवाउने व्यवस्था गर्छौं

स्याङ्जा । संघीय संसदमा प्रतिनिधिसभा सदस्य धनञ्जय रेग्मीले अर्जुनचौपारी गाउँपालिकामा...

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

ठमेलबाट नौ विदेशी नागरिक पक्राउ

काठमाडौँ । ठमेल क्षेत्रमा विदेशी तथा स्वदेशी पर्यटक र सर्वसाधारण...

नेप्से परिसूचक १२ अङ्क घट्यो

नेप्से परिसूचक १२ अङ्क घट्यो

काठमाडौँ । आज नेपाल स्टक एक्सचेन्ज नेप्से १२ दशमलव ३६...