२६ असार, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) को स्थायी समितिको बैठक ७ दिनका लागि स्थगीत भएको छ ।
यसअघि पट–पटक स्थगीत हुँदै आएको बैठक आज पुनः ७ दिनका लागि स्थगीत गरिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् ।
प्रवक्ता श्रेष्ठले ७ दिनका लागि बैठक स्थगीत भएको जानकारी दिँदै भनेका छन् ‘देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पूर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केकाको तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।’
देशभर भैरहेको अतिबृष्टि र सिन्धुपलाञ्चोक लगायत केही जिल्लाहरुमा जनधनको ठुलो क्षति समेत भईसकेको स्थितिमा सम्पुर्ण पार्टीपंत्तिलाई उद्दार एवं राहातमा लाग्न र आसन्न संभावित क्षतिलाई सकेसम्म रोक्ने कार्यमा लाग्न पार्टी केका को तर्फबाट निर्देशन दिदै स्थायी कमिटीको बैठक ७ दिन स्थगित ।
— NKShresthaPrakash (@nksthaprakash) July 10, 2020
वि.सं.२०७७ असार २६ शुक्रवार १०:०१ मा प्रकाशित






























