
२६ असार । विश्वमा महामरीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको कारण ब्राजिलमा करिब ७० हजार व्यक्तिको ज्यान गएको छ ।
गत २४ घण्टामा कोरोना संक्रमणबाट १ हजार २ सय २० जनाको मृत्युपछि ब्राजिल यस प्रकोपबाट ज्यान गुमाउने व्यक्तिको संख्या ६९ हजार २ सय ५४ पुगेको छ ।
ब्राजिलमा गत २४ घण्टाको समय अवधिमा ४२ हजार ७ सय ९ जना नयाँ संक्रमित थपिएपछि ब्राजिलमा कुल संक्रमित संख्या १७ लाख ५९ हजार १ सय ४ पुगेको छ ।