
२६ असार, काठमाडौँ । विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दै गईरहेको छ । ७२ लाख भन्दा बढिले अहिलेसम्म कोरोना भाइरसलाई पराजित गरिसकेका छन ।
वल्डोमिटरका अनुसार ७२ लाख ३५ हजार ४ सय ४५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएर घर फर्केका छन ।
बिहिबार मात्र विश्वभरमा कोरोना भाइरसको संक्रमणबाट निको हुनेको संख्या १ लाख ५७ हजार १ सय ६७ रहेको छ । त्यसैगरी बिहिबार नै विश्वभरमा २ लाख २३ हजार २ सय ३० कोरोना भाइरसका नयाँ संक्रमितहरु थपिएका छन ।
विश्वभरमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ कारोड २४ लाख ४ हजार ७ सय ९ रहेको छ भने संक्रमणबाट मृत्यु हुनेकोे संख्या ५ लाख ५७ हजार ७ सय ४३ रहेको छ ।