back
CTIZAN AD

नेता शर्माद्वारा ७ बुँदाको प्रस्ताव

वि.सं.२०७७ असार २६ शुक्रवार

606 

shares

नेपाल कम्यूनिष्ट पार्टी(नेकपा)का नेता नारायण शर्माले पार्टी भित्र देखिएको समस्या समाधानार्थ ७ बुँदा प्रस्ताव गरेका छन् । प्रस्तावित यी सात बुँदा पार्टीले कार्यान्वयन गरेमा सबै पक्षले विन–विनको महसुस गर्ने र समस्या समाधान हुने उनको ठम्याई छ ।

यस्तो छ नेता शर्माले दिएको नेकपामा विन–विनका सात बुँदाका प्रस्तावहरु :

१) पार्टी वा राज्यका जिम्मेवारीहरु वितरण (कार्य विभाजन) गर्दा एक व्यक्ती एक मुख्य जिम्मेवारीलाई पार्टीको माथिदेखि तलसम्मका सम्पूर्ण कामरेडहरुमा तत्कालैदेखि दृढतापूर्वक लागू गर्ने-गराउने ।

२) ओली कामरेडका प्रधानमन्त्री र अध्यक्ष दुवै पद यो अवधिको लागि यथावत राख्दै अध्यक्ष पदलाई सही अर्थमा सम्मानित र मानार्थ बनाउने र प्रधानमन्त्री पदलाई पूर्णत : कार्यकारी बनाउने ।

३)  प्रचण्ड कामरेडको कार्यकारी अध्यक्ष पदलाई पनि यथावत राख्दै यसलाई पूर्ण शक्तिशाली र प्रभावकारी बनाउने ।यसैगरी शीर्ष र सबै तहका सम्पूर्ण नेताहरुका पद र जिम्मेवारीहरुलाई समेत ठोस गरी सार्थक बनाउने ।

४) पार्टीका अध्यक्षदेखि पार्टी सदस्यसम्म सबै नेता-कार्यकर्ताले पार्टीको घोषित विचार-सिद्धान्त, लक्ष-उद्देश्य, कार्यक्रम-कार्ययोजना, नीति-नियम, निर्णय-निर्देशन, विधि-अनुशासन र पद्धती-प्रकृया तथा कम्युनिस्ट नैतिकता, आचार र संस्कार-संस्कृति मुख्यतस् सादा जीवन उच्च विचार, कडा परिश्रम र कठोर संघर्ष आदिको तत्काल, बेहिचक र अक्षरसस् पूर्ण पालना र अवलम्बन गर्नु-गराउनुपर्ने र अब उप्रान्त सबैले आआफ्ना गुटउपगुट र पूर्व समूहहरुलाई मानसिक र व्यावहारिक रुपमा समेत पूर्णत: ध्वंस गर्नु-गराउनु पर्ने ।

५) प्रधानमन्त्रीदेखि मन्त्री, सांसद आदि राज्यका सुविधायुक्त पद वा जिम्मेवारीमा एक पूर्ण अवधि काम गरेपछि अर्को अवधि पार्टीमा गर्नुपर्ने । यसरी अवसर र चुनौतीलाई पूर्णत: समानुपातिक र आलोपालो गरी कार्यविभाजन गरेर अधिकतम समान अधिकार र न्यायको ग्यारेन्टी गर्ने । यसोगर्दा दुवै क्षेत्रका अनुभवी कामरेडहरुले एक अर्कालाई पूरै समन्वय र सहयोग गर्दै सहकार्य र सहमतिमा सत्कार्य गर्ने-गराउने ।

६) पार्टी र राज्यमा प्रवेश-नियुक्ति, सरुवा-बढुवा, पदक-पुरस्काररमान-सम्मान गर्दा-गराउँदा वा घटुवा, फिर्ता, निष्कासन आदि जे गर्दा-गराउँदा पनि सम्बन्धित व्यक्तिको स्वच्छता, इमान्दारिता, वरिष्ठता, त्याग-तपस्या, बलिदान-योगदान, सकृयता-समर्पण र क्षमता-योग्यता र कृयाशीलताका साथै न्याय, समानता र गुणस्तरीयतालाई आधार बनाई निश्चित नीति, विधि र संयन्त्र बनाई पार्टी र राज्यका घोषित मूल्यमान्यता अन्तर्गत रहेर गर्ने- गराउने ।

७) उपरोक्त सूत्ररसर्तहरु पालना नगर्ने-नगराउने जोसुकै सदस्य वा पदाधिकारीलाई सम्बन्धित पार्टीरकमिटीले पार्टी सदस्यताबाटै निष्कासनसम्मका उपयुक्त र प्रभावकारी कार्वाही तत्कालैदेखि गर्ने-गराउने अनि सो कार्वाहीलाई आलटालबिना शीघ्रातिशीघ्र पालना-अवलम्बन गर्नु-गराउनु पर्ने ।

वि.सं.२०७७ असार २६ शुक्रवार १४:१६ मा प्रकाशित

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

बीपी लोकमार्ग निर्माणको अर्थराजनीति

१. पृष्ठभूमि बीपी सडक निर्माणको अर्थराजनीतिमा शक्ति, धन, र नीतिगत...

कृषिको देश, आयातको भर

कृषिको देश, आयातको भर

नेपाललाई परम्परादेखि नै कृषिप्रधान देशको रूपमा चिनिन्छ। देशको कुल जनसंख्याको...

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

सुकुम्बासी व्यवस्थापनको अर्थराजनीति

१. पृष्ठभूमि नेपालको सुकुम्बासी (भूमिहीन सुकुम्बासी) को अर्थराजनीतिक खेल भनेको...

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

के दर्शनको राजनीतिको मृत्यु भएको हो ?

दर्शनबाट पपुलरिज्मसम्मको यात्रा पहिलेको समयमा राजनीतिक दलहरू दर्शनमा आधारित हुन्थे।...

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

डोजरले भत्काएको छाप्रोभित्र पुरिएका खुशिहरु

अन्जनाको पुरिएको बालापन डोजरको त्यती ठूलो र डरलाग्दो आवाज  एउटी...

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

तरकारी बोक्ने रोपवे बनाउँदा के होला सरकार ?

किलोको पाँच रुपैयाँमा पनि नबिकेपछि बारीमै कुहिदैँ तरकारी, बन्दा नबिकेपछि...