back
CTIZAN AD

देशभर बाढीपहिरो : आजमात्र २३ को मृत्यु, ३६ बेपत्ता

वि.सं.२०७७ असार २६ शुक्रवार

729 

shares

२६ असार, काठमाडौँ । दुई दिन यता परेको भारी वर्षाका कारण देशका विभिन्न भागमा पहिरोका घटनाहरु बढेका छन् ।

गृह मन्त्रालयको राष्ट्रिय आपतकालीन कार्यसञ्चालन केन्द्रका अनुसार आज मात्र बाढी पहिरोका कारण २३ जनाले ज्यान गुमाएका छन् भने ३६ जना बेपत्ता र २६ जना घाइते रहेका छन् ।

केन्द्रले साँझ ६ बजे सार्वजनिक गरेको सूचनामा बाढी पहिरोका कारण ८ जिल्ला बाढी पहिरोका कारण प्रभावित भएको जनाइएको छ ।

आजको वर्षाले सबैभन्दा बढी प्रभावित म्याग्दी जिल्ला बनेको छ । सो जिल्लामा बाढी पहिरोका कारण ३ जनाले ज्यान गुमाएका छन् भने ३१ जना बेपत्ता छन् । त्यस्तै लम्जुङमा पहिरोका कारण ३ जनाको मृत्यु भएको छ भने ३ जना घाइते छन् ।

कास्कीमा ७ जनाको मृत्यु १७ घाइते, रुकुम पश्चिममा २ जनाको मृत्यु १ जना घाइते, जाजरकोटमा ७ जनाको मृत्यु ५ घाइते र ५ बेपत्ता छन् भने गुल्मीमा १ जनाको मृत्यु भएको छ ।

३० जेठदेखि नेपालमा मनसुन सुरु भएको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुन आइतबार सम्म सक्रिय रहने जनाएको छ ।

वि.सं.२०७७ असार २६ शुक्रवार २०:४१ मा प्रकाशित

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

प्रतिनिधिसभाः बैठक सुरु, श्रम संस्कृति पार्टीको विरोध

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरुले विरोध...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

प्रधानमन्त्री कार्यालयको नाम जोडेर सचिवलाई नै धम्क्याउने व्यक्ति पक्राउ

काठमाडौँ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नाम दुरूपयोग गरी राष्ट्रसेवक कर्मचारीलाई...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...