back
CTIZAN AD

एमसीसी सम्झौताबारे बोले उपेन्द्र यादव, सार्वजनिक समाचार झुटा भएको भनाई

वि.सं.२०७७ असार २९ सोमवार

783 

shares

काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसीसी) सम्झौताबारे पार्टीले कुनै निर्णय नगरेको स्पष्ट पारेका छन् । विभिन्न सञ्चार माध्यममा एमसीसी सम्झौतालाई संशोधन गर्नुपर्ने समाजवादी पार्टीले धारणा राखेको विषय सार्वजनिक भएसँगै यादवले पार्टीको धारणा राखेका हुन् ।

एमसीसी सम्झौताबारे पार्टीले कुनै निर्णय नगरेको र आधिकारिक धारणा पनि सार्वजनिक नगरेको यादवले बताएका छन् । सार्वजनिक विषयप्रति पार्टीले जिम्मेवारी नलिने पनि उनको स्पष्टोक्ती छ ।

एमसीसी सम्झौतालाई जोडेर जनता समाजवादीको नाम आएसँगै यादवले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एमसीसीबारे जनता समाजवादी पार्टीले कुनै निर्णय गरिसकेको छैन। पार्टीले कुनै आधिकारिक धारणा सार्वजनिक पनि गरेको छैन। पार्टीको नामबाट बाहिर आएको भनिएको धारणा पार्टीको आधिकारिक हैन।’

यादवले समाजवादी पार्टीको नाम जोडिएर आएको समाचार भ्रामक र गलत रहेको पनि बताएका छन् । ‘पार्टीको निर्णय भनी एमसीसी बारेमा केही सामाजिक सञ्जाल र सञ्चार माध्यमद्वारा प्रचार गरिनु भ्रामक र गलत हुन’, यादवले भनेका छन् ।

आइतबार केहि सञ्चार माध्यममा एमसीसी सम्झौताका केही बुँदाहरु संशोधन गर्न समाजवादी पार्टीले सरकारसँग अनुरोध गरेको विषय सार्वजनिक भएको थियो । सार्वजनिक समाचारमा समाजवादी पार्टीले सरकारलाई एमसीसी सम्झौतामा ८ बुँदा गलत रहेको भन्दै ५ बुँदे सुझाव दिएको थियो ।

वि.सं.२०७७ असार २९ सोमवार १२:४३ मा प्रकाशित

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

जोमसोम-कागबेनी सडक स्तरोन्नति सुरु

मुस्ताङ । कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले उत्तर÷दक्षिण जोड्ने कोरलाको...

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

हन्टा भाइरस सङ्क्रमण र विपद्को जोखिम

काठमाडौँ । नेदरल्याण्डअर्थात् डच कम्पनीको एमभी होन्डियस नामक जहाज जुन...

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

आफ्नै जग्गा प्रयोग गर्न नपाउँदा भरतपुर अस्पताल सेवा विस्तारमा समस्या

नारायणगढ (चितवन) । बिरामीको चाप बढेसँगै सेवा विस्तारको आवश्यकता बढ्दै...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

निर्वाचन ब्यूरोमा तिवारी मनोनीत: काङ्ग्रेसमा नयाँ आशा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले पार्टीको निर्वाचन ब्यूरोमा...

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

अमेरिकाद्वारा स्कटल्याण्ड पराजित

काठमाडौँ । आइसिसी विश्वकप लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा अमेरिकाले...