back
CTIZAN AD

भानु जयन्ति विशेष

वि.सं.२०७७ असार २९ सोमवार

972 

shares

चर्को ज्यान पोल्ने घाममा आफ्नै सुरमा घाँस काटिरहेको देखेर त्यहि आराम गरिरहेका भानुले सोध्छ–‘घाँसी दाजु ! कति वटा गाई बस्तु छ ? ।
घाँस काट्दै घाँसीले भन्छ-बाजे ! मेरो गाई बस्तु छैन ?’
घाँसीको जवाफ सुनेर भानुभक्तले भन्छ -‘गाई बस्तु छैन भने किन ज्यान पोल्ने घाममा खलखल पसिना बगाएर यतिका घाँस काटेको ?’
भानुको कुरा सुनेर घाँसीले भन्छ- ‘बाजे ! यो घाँस लगेर बेच्छु ।’
घाँसीको कुरा सुनेर सुनेर हाँस्दै भन्छ- ‘यौटा ज्यान पाल्न । किन पोल्ने घाममा दुस्ख गरिरा घाँसी दाजु ।’
बाजेको कुरा सुनेर आराम गरिरहेको भानु नजिक आएर भन्छ- ‘मेरो यौटा ईच्छा भएर मैले दुस्ख गरिरा बाजे ।’
भानुले सोध्छ-कस्तो ईच्छा ?
बाजेको कुरा सुनेर भन्छ-यहाँ यौटा ईनार बनाउने ईच्छा छ । ताकि बटुवाहरु आउँन । ईनारको पानि पिएर तिर्खा मेटाउन ।’ सिरको पसिना टोपीले पुछ्दै भन्छ-‘दिनदिननै घाँस काटेर बेच्छु । आएको पैसा जम्मा गर्छु । यहाँ यौटा ईनार बनाउन पाए । बटुवाहरु तिर्खाउँदै आउंथे । पानि पिएर प्यास मेटाउँथे । प्यास मेटाएको देखेर मलाई सन्तोष हुन्थ्यो ।’
घाँसी दाजुको कुरा सुनेर भावुक हुँदै भन्छ-घाँसी दाजु ! अति राम्रो सोंच ? घाँसी आफ्नै सुरताल एकहरो घाँस काटिरहन्छ । भानुको मनमा ग्लानि पछुतो हुन्छ ।

पछि घाँसी दाजुले ईनार बनाउँछ । एकदिन भानु घुम्दै टहल्दै त्यहाँ पुग्छन् । ईनारको पानी पिएर तिर्खा मेटाउछन् । झोलामा राखेको कागज कलम लिएर लेख्छन-

र्भजन्म घाँस तिर मन् दिई धन कमायो
नाम क्यै रहोस् पछि भनेर कुवाँ खनायो
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो
म भानुभक्त धनी भैकन किन यस्तो

मेरा ईनार न त सत्तल पाटिकै छन्
जे धन चीजहरु छन् घर भित्रनै छन्
त्यस घाँसीले कसरी आज दिए छ अर्ति
धिक्कार हो म कन बस्नु न राखि किर्ति !

भानुको मनमा ग्लानि र पछुतो हुन्छ । घाँसीको प्रेरणाले उनले–मैले पनि मरेर गए पनि अमर कृति राख्ने काम गर्नुपर्छ भनेर मनमा गड्छ ।

भानुले अहोरात्र खटेर संस्कृत भाषाको रामायणलाई नेपाली भाषामा लेखे । घर घरै रामायणको चर्चा श्लोक गुञ्जिन थाल्यो । घर घरै उनको चर्चा परिचर्चा चुलिन थाल्यो ।

सानो भनेर कसैलाई भेदभाव हेला नगरौं । भन्छन-अर्ति धर्तिको पनि लिनुपर्छ । यदि घाँसी नभैदिएको भए । आज भानु कहाँ हुन्थे ? भानु आज हामि समक्ष अमर रहनुमा घाँसीदाजुको पनि कहीं कतै प्रेरणाको अतुलनिय योगदान छ । नेपालीको भाषाको निर्माण बिकासमा योगदान गर्ने भानुसंगै घाँसी दाजुको पनि स्मरण सम्झना गरौ ।

प्रेरणाः घाँसी भानु संवाद

वि.सं.२०७७ असार २९ सोमवार १२:१९ मा प्रकाशित

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

साहित्यकार अधिकारीको ’रचना कुसुम’ विमोचन

घोराही, दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा, दाङको आयोजनामा...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची हाल : ललितपुर हिमाल हाँस्दा मोतीका दाना...

सुसेली : प्रकृति

सुसेली : प्रकृति

बिपी लामिछाने दमक, झापा १. राखौं भरेर प्रकृतिको मायामा रक्षा...

झिल्का कविता

झिल्का कविता

स्व. एवाइ प्रभात सहिदभूमि, धनकुटा १. देशको माया छोडेर विदेशीको...

गजल

गजल

राजेन्द्रकुमार वज्राचार्य कोटेश्वर , काठमाडौँ पीडा भयो मान्दा प्रथा, यस्तै...

गजल

गजल

विदुर अधिकारी,चितवन गाउँबाट नै आइयो सहर किन्तु मतलबी देखियो सहर...