काठमाडौं । असार २९ गते सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको छ । यसदिन छापालवाला सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ९१ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दुई दिन यता घटेको सुनको मूल्य फेरी आज बढेको हो । केहि समय देखि सुनको भाउमा सामान्य घटबढ भएको देखिन्छ ।

यसैगरी सोमबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर ९९० रुपैयाँ पुगेको छ । पछिल्लो एक साता यता चाँदी मूल्य उकालो लागेको छ ।
वि.सं.२०७७ असार २९ सोमवार १२:५६ मा प्रकाशित






























