काठमाडौं । दक्षिण अफ्रिकाले कोरोना भाइरस नियन्त्रणका लागि मुलुकभर मदिराजन्य पदार्थमा प्रतिबन्ध लगाएको छ । राष्ट्रपति सिरिल रामाफोसाले कोरोना संक्रमितको संख्या बढदै गएपछि लकडाउन थप गरिनुसँगै मदिरामा प्रतिबन्ध लगाउने घोषणा गरेका हुन् ।
सामाफोसाले रक्सीमाथि लगाइएको प्रतिबन्धले देशको स्वास्थ्य प्रणालीमा चाप कम गर्ने बताए । रातको समयमा कफ्र्यु लगाइएको छ भने घर बाहिर मास्क लगाउन पनि अनिवार्य गरिएको छ ।
यसअघि पनि रक्सीको बिक्री वितरणमा दक्षिण अफ्रिकाले प्रतिबन्ध लगाइएको थियो । देशमा पुनः संक्रमण बढ्न थालेपछि प्रतिबन्ध लगाइएको हो ।
यसअघि पनि रक्सीको बिक्री वितरणमा प्रतिबन्ध लगाइएको थियो । देशमा पुनः संक्रमण बढ्न थालेपछि प्रतिबन्ध लगाइएको हो ।
दक्षिण अफ्रिकामा २ लाख ७६ हजार २ सय ४२ जनामा संक्रमण पुष्टि भएको छ अहिलेसम्म चार हजार ७९ जनाको मृत्यु भएको छ । सरकारले सन् २०२० को अन्त्य सम्ममा कोरोना संक्रमणका कारण ५० हजारको मृत्यु हुने प्रक्षेपण गरेको छ । एजेन्सीबाट
वि.सं.२०७७ असार २९ सोमवार १३:०९ मा प्रकाशित






























