back
CTIZAN AD

एनआरएनएले मनायो भानुजयन्ती एवं अन्तरार्ष्ट्रिय नेपाली भाषा दिवस

वि.सं.२०७७ असार ३० मंगलवार

906 

shares

३० असार, काठमाण्डौं । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषदले २०७ औं भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस एक विशेष कार्यक्रम गरी मनाएको छ ।

संघ मातहतको भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिले आइतवार आफ्नो साप्ताहिक अनलाईन कार्यक्रम प्रवासी प्रवाहलाई भानु जयन्ती एवं अन्तर्राष्ट्रिय नेपाली भाषा दिवस विशेष कार्यक्रमको रुपमा मनाएको हो ।

सो विशेष कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमको सभापतित्व गरेका एनआरएन आइसीसीका अध्यक्ष कुमार पन्तले एनआरएन नेपाली भाषा,साहित्यको प्रवर्द्धनका लागि सहयोग गर्न तयार रहेको बताए ।  अध्यक्ष पन्तले समितिमार्फत भैरहेका गतिविधिहरुको सह्राना समेत  गरेका थिए ।

सोहि अवसरमा कार्यक्रमका प्रमुख अतिथि एवं नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति डाक्टर जगमान गुरुङले एनआरएन र प्रतिष्ठानले एकापसमा सहकार्य गरेर भाषा, साहित्यको क्षेत्रमा धेरै काम गर्न सक्ने भन्दै प्रतिष्ठानबाट प्रदान गरिने भानुभक्त पुरस्कारका लागि एनआरएनलाई सहयोग गर्न आग्रह गरेका थिए ।

उपकुलपति गुरुङले भानु सर्किट निर्माणका लागि प्रतिष्ठानका तर्फबाट एनआरएनसँग सहकार्य गर्न तयार रहेको समेत बताए । उनले भानु जयन्तीलाई अन्तर्राष्ट्रिय नेपाली भाषा दिवसका रुपमा मनाउन आफूले प्रतिष्ठानको तर्फबाट आवश्यक पहल गर्ने समेत बताएका थिए ।
प्रमुख अतिथिको आग्रहलाई सम्बोधन गर्दै एनआरएन अध्यक्ष पन्तले एनआरएनले केही गर्न चाहेको बताउँदै पुरस्कारका लागि सहयोग गर्ने र भानु सर्किटको प्रस्ताव बारे छलफल गरेर अघि बढ्ने जानकारी समेत दिएका थिए ।

एनआरएनका संस्थापक मध्ये एक, पूर्वअध्यक्ष एवं समितिका वरिष्ठ सल्लाहकार जीवा लामिछानेले आफ्नो कार्यकालमा प्रज्ञा प्रतिष्ठान र एनआरएनका बीच आपसी सहकार्य गरेर जाने सम्झौता भएको र सोही अनुसार अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

एनआरएन भाषा, साहित्य, संस्कृति तथा सम्पदा प्रवर्द्धन समितिका अध्यक्ष हिक्मत थापाले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य डाक्टर हेमनाथ पौडेल, प्रतिष्ठानका पूर्व सदस्य सचिव डाक्टर तुलसीप्रसाद भट्टराई, भाषाविद प्राध्यापक डाक्टर माधवप्रसाद पोखरेल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका संस्थापक अध्यक्ष होमनाथ सुबेदी, रुसमा बसेर लामो समयदेखि नेपाली साहित्यको क्षेत्रमा योगदान गर्दै आएका कृष्णप्रकाश श्रेष्ठ,नेपालीभाषी भुटानी मूलका साहित्यकार डाक्टर लक्ष्मीनारायण ढकाल (हाल अमेरिका) र म्यान्मार (बर्मा) मा रहनु भएका नेपालीभाषी साहित्यकार प्रवीणहरि प्रधान ‘भिक्टर’ लगायतका प्राज्ञ एवं साहित्यकारहरुबाट नेपाली भाषाको एकीकरणमा आदिकवि भानुभक्त आचार्यको योगदान,नेपाली भाषा–साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्न भैरहेका प्रयासहरु र यसका चुनौती एवं गैरआवासीय नेपालीहरुले भाषा र साहित्यको क्षेत्रमा गरिरहेको योगदानका बारे चर्चा भएको थियो ।

एनआरएनएले यसरी बृहत रुपमा नेपाली साहित्य र भाषाका विशिष्ठ व्यक्तित्वहरुलाई सहभागी गराएर पहिलोपटक यस्तो अन्तरक्रिया कार्यक्रम गरेको हो । करीब तीन घण्टा लामो चलेको उक्त कार्यक्रमको संचालन समितिकी सदस्य सचिव एवं प्रवासी प्रवाह कार्यक्रमकी संचालक भगवती बस्नेत र समितिका मिडिया कोअर्डिनेटर गौतम दाहालले गरेका थिए ।

वि.सं.२०७७ असार ३० मंगलवार १०:२३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...