back
CTIZAN AD

प्रधानमन्त्रीको अभिव्यक्ति बारे परराष्ट्र मन्त्रालयले दियो स्पष्टीकरण

वि.सं.२०७७ असार ३० मंगलवार

747 

shares

३० असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलिले सोमबार दिएको अभिव्यक्तिका सन्दर्भमा परराष्ट्र मन्त्रालयले स्पष्टीकरण दिएको छ ।
मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको अभिव्यक्ति राजनीतिक विषयसँग नजोडिएको बताएको छ ।

प्रधानमन्त्रीको टिप्पणी कुनै राजनीतिक विषयसँग जोडिएको छैन र कसैको भावना र संवेदनालाई चोट पु¥याउने आशय नभएको र अभिव्यक्तिले अयोध्याको महत्व र सांस्कृतिक मूल्यलाई अवमूल्यन गर्ने उद्देश्य नराखेको मन्त्रालयको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रधानमन्त्रीले श्रीराम र उनीसँग जोडिएका विभिन्न स्थानहरुका बारेमा धेरै किंवदन्ती र भनाइहरु रहेको सन्र्दभमा आएका नयाँ तथ्यहरुका आधारमा रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन, अनुसन्धानको महत्व दर्शाउन खोजेको दिन खोजेको स्पष्ट पारिएको छ ।

विज्ञप्तीमा भनिएको छ‘प्रधानमन्त्रीले श्रीराम र उहाँसँग सम्वद्ध स्थानबारे धेरै किंवदन्ती रहेको र नयाँ तथ्यहरु प्राप्त गर्न रामायणले प्रतिनिधित्व गर्ने गहन सांस्कृतिक भूगोलको थप अध्ययन, अनुसन्धानको महत्वमाथि जोड सामान्य जोड दिनुभएको हो ।’

प्रधानमन्त्रीले सोमबार आदिकवि भानुभक्तको जन्मजयन्तिको एक कार्यक्रममा राम नेपालमा जन्मिएका र असली अयोध्याय नेपालमा रहेको भन्ने अभिव्यक्ति दिएका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्ति तिब्र आलोचनामा परेको छ । तथ्य र प्रमाण बिना बोल्न नहुने टिप्पणीहरु आएका छन् । सत्तारुढ दल नेकपाका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले प्रधानमन्त्रीलाई आफ्नो भनाई फिर्ता लिँदै आत्मालोचना गर्न सुझाएका छन् ।

वि.सं.२०७७ असार ३० मंगलवार १९:३२ मा प्रकाशित

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची 

काठमाडौँ ।  सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ ।...

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

आज नागपञ्चमी, नागको पूजा, आराधना गरी मनाइँदै

पूर्णप्रसाद मिश्र, काठमाडौँ । नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना...

विद्यालयका  बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

विद्यालयका बस तथा भ्यानमा गति नियन्त्रण उपकरण जडान गरिने

नारायणगढ (चितवन) ।  चितवनमा विद्यालयका सवारीसाधनलाई सुरक्षित, अनुशासित र प्रविधिमैत्री...

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

उपत्यकामा दुई दिनमा १६ हजार ३०० सिलिन्डर ग्यास बाँडियो

काठमाडौँ । नेपाल आयल निगम र जिल्ला प्रशासन कार्यालयको समन्वयमा...

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...