३० असार, काठमाडौँ । जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालय दिक्तेल, खोटाङका डिभिजन प्रमुख नारायण काजी श्रेष्ठ पक्राउ परेका छन् ।
उनलाई रु ९,३४,००० घुस सहित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । निर्माणाधिन सिंचाई परियोजनाको बिल भुक्तानीका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरीको आधारमा अख्तियारबाट खटिई गएको टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो।
खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी न.पा. १ स्थित वेसक्याम्प भित्र रहेको निजकै निवासबाट उक्त घुस रकमसहित रंगेहात नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।
वि.सं.२०७७ असार ३० मंगलवार १९:०० मा प्रकाशित






























