back
CTIZAN AD

झापामा धान, तरकारी र सुपारी प्राथमिकतामा

वि.सं.२०७३ पुस १४ बिहीवार

1.3K 

shares

अनिल वाग्ले, झापा । जिल्ला कृषि विकास कार्यालय झापाले ३ बटा वालीलाई प्रमुख वालीका रुपमा लिँदै त्यसलाई मुख्य प्राथमिकतामा राखेर कार्य गरिरहेको छ ।

जिल्ला कृषि विकास कार्यालय झापाका प्रमुख प्रकाश डाँगीले धान, तरकारी र सुपारीलाई झापामा प्रमुख वालीका रुपमा लिइएको बताएका छन् । सानासाना कुरामा लगानी गर्दा सोचे अनुरुप प्रतिफल नआएको बताउँदै प्रमुख डाँगीले यी ३ वालीलाई प्राथमिकतामा राखी यी वालीबाट झापाले उल्लेख्य उपलब्धी हासिल गर्ने दिशामा कार्यालय अघि बढिरहेको जनाएका छन् ।
क्षेत्रफल, उत्पादन र व्यवसायीकरणका हिसावले यी वालीलाई मुख्य वालीका रुपमाझापामा लिइएको र सोहि अनुरुपमा गतिविधि कार्यालयले अघि बढाइरहेको डाँगीको भनाई छ ।

धान खेतीको विकास तथा प्रवद्र्धन गर्नका लागि ब्लक तथा पकेट क्षेत्र घोषणा गरिएका छन् । गौरादहमा २ बटा ब्लक वनाइएको छ, एउटा ब्लक धान खेतीका लागि र अर्को माछा खेतीका लागि छुट्याइएको छ । ब्लकका लागि १ सय ५० विगाहा क्षेत्रफल र पकेटका लागि १५ विगाहा क्षेत्रफल हुनुपर्छ । झापा जिल्ला कृषिका लागि उर्वर जिल्ला भएकाले ७० वटा पकेट क्षेत्र घोषणा गरेर कृषिवालीको विकासका लािग कार्य भईरहेको कार्यालयको भनाई छ । ७० वटा पकेट क्षेत्र मध्ये आधा अर्थात ३५ पकेट क्षेत्र धान खेतीकै लागि छुट्याईएको छ । देशमा
खपत हुने धान मध्ये झापाको धानले ठूलो हिस्सा ओगट्ने हुँदा धानलाई
झापामा प्रमुख वालीका रुपमा लिइएको हो ।अर्को तर्फ जिल्ला कृषि विकास कार्यालयले झापाको माटो तरकारी खेतीका लागि राम्रो भएकाले तरकारी खेतीलाई पनि प्राथमिकतामा राखेको छ । किसानको आर्थिक विकासका लागि तरकारी खेती फलदायी सावित बन्दै गएको छ ।

यद्यपी तरकारी खेतीमा बढ्दो विषादीको प्रयोगले नकारात्मक असर सर्वसाधारणमा पर्ने गएको छ । तरकारीको उत्पादन बढाउने कार्यमा जिल्ला कृषि विकास कार्यालय लागेको तर विषादीको प्रयोग कम गर्न प्रभावकारी कार्य भने गर्न नसकेको प्रति सर्वसाधारण चिन्तित बनेका छन् । कार्यालयले तरकारीमा बढ्दो विषादीको प्रयोगलाई न्युनिकरण गर्नका लागि प्रभावकारी कदम चाल्नुपर्ने तरकारी किसानहरुले नै बताएका छन् । ‘तरकारी खेतीमा पनि प्रतिस्पर्धा छ– झापा बुधबारेका एक तरकारी किसान भन्छन् ‘सर्वसाधारणलाई यो अग्र्यानिक तरकारी हो किन्नुहोस् भन्दा विषादीले ग्रस्त तर हेर्दा राम्रो तरकारी किन्ने गरेका छन् ।’ उनका अनुसार बजारमा अग्र्यानिक तरकारीले प्रतिस्पर्धा नै गर्न नपाउने अवस्थाका
कारणले विषादी युक्त तरकारी उत्पादनमा कमी नआएको यथार्थ बताउँछन् । त्यस्तै जिल्ला कृषि विकास कार्यालयले सुपारी खेतीलाई पनि प्राथमिकतामा राखेको कार्यालय प्रमुख डाँगीले जनाएका छन् । क्षेत्रफल, उत्पादन र बजारीकरणको हिसावले सुपारीले झापाली किसानलाई राम्रो प्रतिफल दिइरहेको र यस खेतीलाई अझ व्यवस्थित गर्नसके अझ बढी फाइदा लिन सकिने उनको भनाई छ ।
आम्दानीको राम्रो स्रोत मानिएको सुपारी वगानमा घुसुवा वाली समेत लगाउन मिल्ने र त्यसबाट थप फाइदा लिन सकिन्छ ।

वि.सं.२०७३ पुस १४ बिहीवार ०९:५५ मा प्रकाशित

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

संवाद र सहमतिबाट परिस्थितिलाई सहज बनाऔँ : संयोजक दाहाल

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संवाद,...

नेपालमा बाघको सङ्ख्या ४२९

नेपालमा बाघको सङ्ख्या ४२९

काठमाडौँ । पछिल्लो गणनाअनुसार नेपालमा बाघको सङ्ख्या ४२९ पुगेको छ...

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

सार्वजनिक वित्तीय व्यवस्थापन सुधार कार्यान्वयन कार्ययोजना सार्वजनिक

काठमाडौँ । सरकारले सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीलाई प्रभावकारी, पारदर्शी, उत्तरदायी...

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

क्यान्सर अस्पतालमा ‘किमो’ लगाउने बिरामीको चाप

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा शय्या र जनशक्तिका...

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

एकै दिन विपद्का ४२ घटना, तीन जनाको मृत्यु

काठमाडौँ । एकै दिन देशका विभिन्न भागमा विभिन्न प्रकारका विपद्का...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य केही घटेको छ...