back
CTIZAN AD

भट्ट हटाउन लागिएको चर्चा मिथ्या हाे : पशुपति क्षेत्र विकास कोष

वि.सं.२०७७ साउन १ बिहीवार

1.6K 

shares

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले भट्ट हटाउने चर्चा मिथ्या भएको बताएको छ । बिहिबार एक प्रेस विज्ञप्ती जारी गर्दै कोषले पशुपतिको भट्ट परिवर्तनबारे कुनै सोंच नरहेको स्पष्ट पारेको हो ।

कोषका सदस्य सचिव डा. प्रदीप ढकालद्धारा हस्ताक्षरित विज्ञप्तीमा सरकार, मन्त्रालय र पशुपति क्षेत्र विकास कोष कसैको पनि भट्ट हटाउने सोंचन नरहेको बताइएको छ ।

‘नेपाल सरकारले पशुपतिमा हाल कार्यरत भट्टहरु हटाउन लागेको भनि विभिन्न अनलाईन न्यूज पोर्टलहरुमा आएको समाचारप्रति पशुपति क्षेत्र विकास कोषको गम्भीर ध्यानाकर्षण भएको छ’ विज्ञप्तीमा भनिएको छ, ‘नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र पशुपति क्षेत्र विकास कोष कसैको पनि यस खालको सोंच नरहेको जानकारी गराउन चाहन्छौं ।’

विज्ञप्तीमा नेपाल र भारतबीच सदियौंदेखि चलेको सम्बन्धमा खलल पुग्ने कुनै पनि गतिविधि नगरिने पनि स्पष्ट पारिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राम र अयोध्याबारे अभिव्यक्ति दिएसँगै नेपालमा भट्ट परिवर्तन बारेको हल्ला चलेको थियो । केहि सञ्चार माध्यमले सरकारले भारतीय भट्टलाई हटाउन तयारी गरेको समाचारहरु प्रकाशित गरेका थिए । जसको चर्चा भारतीय मिडियामा समेत भएको थियो ।

वि.सं.२०७७ साउन १ बिहीवार १७:२८ मा प्रकाशित

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न

काठमाडौँ । उच्च अदालत बार एशोसिएशन पाटनको नयाँ कार्यसमितिका लागि...

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की । पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक...

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

महामन्त्रीद्वयको कदमले कांग्रेसलाई दुर्घटनातर्फ धकेलेको देउवा समूहको आरोप (प्रतिवेदनको पूर्ण पाठसहित)

काठमाडौं। नेपाली कांग्रेसको देउवा समूहले पार्टीभित्र देखिएको विवाद तत्काल समाधान...

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

वैदेशिक भ्रमणमा सरकारको कडाइ, मन्त्रालयहरुमा पत्राचार

काठमाडौं । सरकारले निजामती तथा सरकारी कर्मचारीको वैदेशिक भ्रमणलाई व्यवस्थित,...

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत जिम्मेवारी तोकियो

हेटौँडा । बागमती प्रदेश सरकारले मन्त्रालय गाभिएपछि प्रदेश सचिवको क्षेत्रगत...

आजको मौसम विवरण, कहाँ -कहाँ छ  वर्षाको सम्भावना !

आजको मौसम विवरण, कहाँ -कहाँ छ वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुन वायुको प्रभाव रहेको छ ।...