
१ साउन, काठमाडौं । साताको अन्तिम दिन बिहिबार सेयर कारोबार मापक नेप्सेमा हरियाली छाएको छ । कूल सूचिकृत कम्पनी मध्ये १८० वटा कम्पनीको १ अर्ब ४ करोड १७ लाख ७० हजार ८६७ रुपैयाँ बराबरको कूल २९ लाख १४ हजार ५१८ कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । आजको बजार अघिल्लो दिनको तुलनामा परिसूचक ३२.४५ बिन्दुले बढेर १३९४.७७ अंकमा कायम भएको छ ।
सबै १२ वटै कम्पनी उपसूचक समूहको परिसूचक उकालो लागेको छ । त्यस मध्ये सबैभन्दा धेरै निर्जीवन बीमा कम्पनी उपसूचक समूहको परिसूचक १३१.१५ बिन्दुले उकालो लागेको छ । त्यस्तै सबैभन्दा कम सामूहिक लगानी कोषको परिसूचक ०.०३ अंकले बढेको छ ।
हरियाली छाउँदा बजार १८ खर्ब ३५ अर्ब ४२ करोड ८२ लाख ९० हजारले पूँजीकरण भएको छ ।
गुराँस लघुबित्त(६९), नेपाल सेवा लघुबित्त(५८), एनआईसि एसिया लघुबित्त(५३) लगायत ११६ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन भने स्वबलम्बन बिकास बैंक(३२), सामुदायीक लघुबित्त(२९), स्वरोजगार लघुबित्त(२८) लगायत ४५ वटा कम्पनीका लगानी कर्ताले भने गुमाएका छन ।