
काठमाडाैं । अजोड इन्स्योरेन्सले निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ । कम्पनीले असार २५ गते देखि सर्वसाधारणको लागि निष्काशन गरेको २७ लाख ३० हजार कित्ता शेयर आज बाँडफाँड भएको हो ।
कम्पनीको आईपीओमा ४ लाख ८४ हजार ४९८ वटा योग्य आवेदनबाट एक करोड ७२ लाख १५ हजार ४९० कित्ता शेयर माग भएको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले जनाएको छ ।
त्यसमध्ये गोलाप्रथाका आधारमा २ लाख ७३ हजार जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् । बाँकी २ लाख ११ हजार ४९८ जना अर्थात कुल आबेदकको ४३.६५ प्रतिशतले शेयर पाएनन् ।
क्यापिटलका अनुसार आईपीओमा ५ लाख २ हजार २९८ वटा आवेदन परेकोमध्ये ८१३ वटा आवेदन रद्ध भएका छन् ।
कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ३० करोड रुपैयाँ बराबरको आईपीओ असार २५ गते बिहिबारदेखि बिक्री खुला गरेको थियो । त्यसमध्ये ४ प्रतिशत अर्थात १ लाख २० हजार कित्ता कर्मचारीलाई र ५ प्रतिशत अर्थात १ लाख ५० हजार कित्ता शेयर सामुहिक लगानी कोषलाई छुट्टाइएको थियो। बाँकी रहने २७ लाख ३० हजार कित्ता शेयर सर्वसाधारणलाई बिक्री खुल्ला गरेको थियो ।