काठमाडौं । विभिन्न चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाएको भारतले फेरि ७ चिनियाँ कम्पनीमाथि प्रतिबन्धको तयारी गरेको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार भारतले चिनियाँ मोबाइल तथा टेक्नोलोजीमा आधारित विभिन्न ७ कम्पनीमाथि प्रतिबन्धको तयारी गरिएको हो । भारतीय सञ्चार माध्यमले जनाएअनुसार भारतले हुवावे र अलिवावासहितका ७ कम्पनीमाथि प्रतिबन्धको तयारी गरेको छ ।
भारतले हुवावे र अलीबाबाजस्ता कम्पनीमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा चिनियाँ आर्मीको संलग्नता रहको आरोप लगाउँदै आएको छ । मोबाइल तथा टेक्नोलोजीसँग सम्बन्धीत कम्पनीमार्फत चिनियाँ आर्मीले भारतमाथि जासुसी गरेको र महत्वपूर्णं तथ्यांकहरु लगेको आरोप भारतको छ ।
भारतले प्रतिबन्धको तयारी गरेको हुवावे र अलीबाबासहितका विभिन्न कम्पनीले भारतमा ठूलो लगानीसमेत गरेका छन् ।
यी हुन् भारतले प्रतिबन्धको तयारी गरेका ७ कम्पनी
रिपोर्टअनुसार भारतले प्रतिबन्धको तयारी गरेका कम्पनीमा एक्स इण्डीया स्टील्स, जिनजिंग कैथे इन्टरनेशनल, चाइना इलोक्ट्रोनिक्स टेक्नोलोजी ग्रुप, हुवावे, अलीबाबा, टेनसेन्ट र एसएआईसी मोटर कर्पोरेशन छन् । जनाइएअनुसार यी कम्पनीमाथि भारतले छिट्टै एक्शन लिईनेछ ।
भारतमा अलीबाबा र हुवावेको निकै ठूलो लगानी छ
चिनियाँ टेलीकम्यूनिकेशन कम्पनी हुवावेले २०१८–०१९ बीचमा भारतबाट मात्रै १२ हजार ८ सय करोड भारूको कमाई गरेको छ । रिपोर्टमा उल्लेख भएअनुसार हुवावले भारतमा अर्बौं डलरको लगानीसमेत गरेको छ । हालैमात्र फाइप जि टेकको सुरुवात गरेको हुवावेलाई भारतको प्रतिबन्धनले निकै ठूलो नोक्सानी गर्नेछ ।
अनलाईनमा आधारित अलीबाबा कम्पनीको पनि भारतमा ठूलो लगानी छ । कम्पनीमा भारतका चर्चित कम्पनीले पनि शेयर लगानी गरेका छन् । जनाइएअनुसार अलीबाबाले भारतमा ११ सय मिलियन डलर बराबरको लगानी गरेको छ । जसको लगानी ओला कैब्स र फ्लिपकार्टमा छ ।
चिनियाँ र भारतीय सैन्यबीचकाे हिंस्रक झडपपछि चिसिँदै व्यापारिक सम्बन्ध
पूर्वी लद्दाखमा चिनियाँ र भारतीय सैन्यबीच हिंस्रक झडपको घटना भएसँगै भारतले चिनियाँ कम्पनीमाथि प्रतिबन्धको सुरुवात गरेको थियो । भारतले यसअघि चर्चित टिकटकसहितका ५९ मोबाइल एपमाथि प्रतिबन्ध लगाएको थियो । एजेन्सीको सहयोगमा
वि.सं.२०७७ साउन ४ आइतवार १२:२१ मा प्रकाशित






























